
काठमाडौ । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी लोक तथा देउडा गायिका निरूता खत्री सम्मानित भएकी छिन् ।
शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र मधेशी आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले भव्य समारोहका बीच गायिका खत्रीलाई सम्मान गर्नु भएको हो।

सम्मानित भए पछि गायिका निरूताले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै नेपाली गीत,संगीत क्षेत्र सम्वृद्धिका निमित्त अझै क्रियाशील हुन र कलाकारिता यात्रालाई उचाई तर्फ बढाउन यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।


