तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

उमा कुङफुको निर्णायक टोली भारत प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ३० गते, बुधबार २१:३२

काठमाडौं ।भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ ।
नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने छन् । रेफ्रीमा कमल मगर, श्याम डंगोल, सञ्जयराज पुटुवार, मओज विन्दुकार, निरञ्जन मोक्तान, मनीष पुटुवार, प्रसाङ तामाङ, सुनिता श्रेष्ठ, सरिना घले, सडन गुरुङ, सूर्य लामा, रवि महर्जन र सिवान सुनुवार रहेका छन् ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु नेपाली उमा कुङफुको निर्णायक टोलीले सञ्चालन गर्ने नेपाल उमा कुङफु संघले जनाएको छ ।
‘भारतीय संघले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नेपाली उमा कुङफुको निर्णायक टोलीले खेल सञ्चालन गर्ने र हाम्रो संघले प्रतियोगिता आयोजना गर्दा भारतीय कुङफु फेडरेसनको निर्णायक टोलीले खेल सञ्चालन गर्ने दुई पक्षीय सहमति भए अनुसार हामी लखनउ जान लागेका हौं ।’ संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राईले भने– ‘यसो गर्दा निर्णय निष्पक्ष हुन्छ भन्ने हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु