साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

दशा अन्य गरोस दशैले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ०६:४४

नेपालीहरु विशेष गरी हिन्दुहरुको महान् चाड दशैं सुरु हुने लागेको छ । मीठो मसिनो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाडका दशै लिईन्छ । यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि र अन्य विशेष कार्यक्रमका लागि विदेश गएका नेपाली पनि घर फर्किने गरेका छन् । र, कतिपय फर्किदै छन् । दशैं आएसँगै सुनसान रहेका दुर्गम गाउँहरुमा पनि चहलपहल बढेको छ । विदेश गएका धेरैजसो युवाहरु नफर्किए पनि केही मात्रामा दशै मनाउन घर आएका छन् । विगत बर्षहरुको दशैं भन्दा यो दशैंको विशेष महत्व छ, भिन्नै अर्थ राख्छ । राजनिितक हिसावले केही स्थीरता छ । यतिबेला देशमा २ तिहाईको शक्तिशाली सरकार छ ।

तर देशमा हत्या ह्रिसा बलात्कार, महिला हिसाका घटना दिनप्रतिदिन बढ्दो छ । आम नागरिकले अशान्त महसुश गरेका छन् । यस्तो अशान्त र अभावकैबिच दशैंको रौनक छाउन थालेको छ । त्यसैले त दुःख पीडा र अभावकाबिच पनि हाँस्न सक्दछ नेपाली । वर्ष दिनपछि आफन्तसँग भेटघाट गर्ने र आफूभन्दा ठूला मान्यजनबाट आर्शीवचन लिने यस चाडका लागि गरिब वर्गले पनि विभिन्न परिकार बनाएर खानका लागि सामग्री जोहो गरेका हुन्छन् । यो चाडमा सामूहिक रूपमा खाने र रमइलो गर्ने चलन छ । राजनीतिक स्थीरताको लागी बनेको २ तिहाईको सरकारले दिगो रुपमा संविधानको कार्यान्वयन गर्दे देशलाई अग्रगतिमा अगाडी बढाउनु जरुरी छ । ९ महिनामा बन्ने र भत्कने सरकारको परम्परा अन्य भएको छ । आफ्नो संविधान आफैं लेख्ने सात दशक लामो सपना पुरा भएपछि भएका ३ तहका निर्वाचनले संघ प्रदेश र स्थानीय सरकार दिएको छ । त्यसैले अब देशलाई शान्ति र समृद्धिको बाटोमा डोर्याउनु पर्छ । २०७५ सालको विजया दशमीले देशमा सुख, शान्ति र समृद्धि भित्र्याओस् । सबै नेपालीको सुस्वास्थ्य, समुन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु