तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

देशभर मतदानको उत्साह, तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ४ गते, आईतवार ७:१९

काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना कार्य सुरु हुने जनाएको छ । आयोगले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी गरेको छ ।

सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जसअनुसार गणना कार्यसमेत सम्बन्धित क्षेत्रमै रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझिसकेपछि मतगणना तयारी गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिकाबमोजिम सर्वदलीय छलफल गरी मतगणनासम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएर सहमतिमा मतगणना सुरु गर्नेछन् । सहायक प्रवक्ता भुसालले प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको गणना एकैपटक सुरु हुने बताए ।

प्रत्येक निर्वाचन क्षेत्रका लागि छ जनाको मतगणना टोली रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले आवश्यकताअनुसार एउटा निर्वाचन क्षेत्रमा अधिकतम १५ स्थानमा मतगणना गर्न सक्नेछन् ।

त्यसैगरी प्रतिनिधि सभाअन्र्तगत प्रत्यक्षतर्फ प्रदेश १ बाट २८, मधेशबाट ३२, बागमतीबाट ३३ र गण्डकीबाट १८ जना निर्वाचित हुनेछन् । लुम्बिनीबाट २६, कर्णालीबाट १२ र सुदूरपश्चिमबाट १६ जना प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ भने दलले पाएको मतका आधारमा ११० सिटको टुङ्गो लाग्नेछ । समानुपातिक निर्वाचन प्रणालीको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभातर्फ समानुपातिकमा निर्वाचित हुन राजनीतिक दलले कुुल खसेको मतको कम्तीमा तीन प्रतिशत मत पाएको हुनुपर्छ ।

प्रदेशमा भने समानुपातिकतर्फको २२० सिटको बाँडफाँटमा योग्य हुन राजनीतिक दलले कुल खसेको मतको १।५ प्रतिशत मत पाएको हुनुपर्छ । तर राष्ट्रिय मान्यता प्राप्त गर्न दलले प्रतिनिधि सभातर्फ समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा कम्तीमा एक सिट जितेको हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु