दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस लगायत अन्यको कति ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ११ गते, आईतवार २२:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आइतबार बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख ११ हजार ३७५ मत प्राप्त गरेको हो ।

जारी मतगणनामा नेकपा एमाले २४ लाख ४९ हजार २१४ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३२ हजार २८३ मत प्राप्त गरेको छ । माओवादी केन्द्र १० लाख २४ हजार ८५० मतसहित तेस्रो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३१ हजार ५४४, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ३ हजार ९७६ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले २ लाख ४० हजार ९१ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले २ लाख ३७ हजार ६१७, नागरिक उन्मुक्ति पार्टीले २ लाख २९ हजार ९७५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ९७५, नेपाल मजदुर किसान पार्टीले ७२ हजार २९८, हाम्रो नेपाली पार्टीले ५१ हजार ९९४, मंगोल नेशनल अर्गनाइजेशनले ४४ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४४ हजार ४२१ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ५८३ मत प्राप्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु