तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ग्रिनफिल्ड र गोल्डेनपिक क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १३ गते, मंगलवार १९:३३

काठमाडौं ।ग्रिनफिल्ड र गोल्डेनपिक १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे ।
सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । पृथ्वीकी बविता घिमिरेले ६ अंक बटुलिन् ।
सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले बीएमसीलाई ४२–२०, गोल्डेनपिकले भद्रकालीलाई ५२–२६ तथा सैनिकले मनासलुलाई ४१–१५ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएका आयुश राई र सौगात खत्रीले १३–१३, गोल्डेनपिकका विजय तामाङले ५ र सैनिकका कुशल पौडेलले १७ अंक जोडे । अन्य प्रतिस्पर्धामा हिमालयन किङडमले स्किब्सलाई ३३–३२ तथा युनिभर्सिटीले स्कोलर्स होम एकेडेमीलाई २५–१८ ले पन्छाए । हिमालयनका साङ्गु तामाङले २३ तथा युनिभर्सिटीका सुरज पास्वानले १२ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु