दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युनिभर्सिटी र हिमालयन किङ्डम क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १५ गते, बिहीबार १९:१७

काठमाडौ ।युनिभर्सिटी र हिमालयन किङ्डम १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
युनिभर्सिटीले नेसनल युनाइटेडलाई २२–१७ ले पराजित ग¥यो । युनिभर्सिटीको जितमा सुरज पास्वानले १० अंक योगदान गरे । जाङ्गु लामाले २० अंक सहयोगमा हिमालयन किङ्डमले पृथ्वीलाई ४५–३४ ले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेनपिकले काठमाडौं भ्यालीलाई ३८–३४, आयोजक भ्याली पब्लिकले एलआरआईलाई ३७–१९, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले एन्जल्स हार्टलाई २९–१६, ग्रिनल्यान्डले टीआईएलाई ३४–२४ र स्किब्सले एचएचसीएलाई ५६–३३ ले पाखा लगाए । गोल्डेपिकका दिनेश रतलले १७, भ्याली पब्लिकका सुशान चौधरीले ११, बीएनएका सन्देश खड्काले १०, ग्रिनल्यान्डका सुरेश बिसीले १२ र स्किब्सका जोन चौधरीले १६ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले केभीकेएसएसमाथि १८–१२ को जित निकाल्यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ६ अंक जोडिन् ।
जुनियर ब्वाइजमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१० तथा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३५–२५ ले पन्छाए । बीएनएका निमा शेर्पाले ६ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १६ अंक जोडे ।

स्प्याङ्गल क्वाटरफाइनलमा

स्प्याङ्गल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा स्प्याङ्गलले चैतन्यलाई २८–१८ ले पराजित ग¥यो । सोही स्पर्धामा काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४४–३० ले हरायो ।
सिनियर गल्र्समा स्वप्नवाटिकाले एसियन पब्लिकलाई १३–९, हेम्सले सूर्योदयलाई ६–२, चैतन्यले केइएसलाई ५–३ र इनोभेटिभले सनसाइनलाई १२–१० ले पन्छाए ।
जुनियर ब्वाइजमा एसियन पब्लिकले केइएसलाई ४–२, चैतन्यले एआईएलाई २२–१६, एआईएले लिटिल फ्लावरलाई ३३–११ र सूर्योदयले स्प्याङ्गललाई ११–७ ले पाखा लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु