तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सञ्चारकर्मी पौडेलको ‘दुई एकान दुई,दुई दुना चार’ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १८ गते, आईतवार १८:३६

काठमाडौं, १८ मंसिर । सञ्चारकर्मी विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौडेलको आवाज रहेको ‘दुई एकान दुई,दुई दुना चार’ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिपोर्टर्स क्लबका सभापति तथा प्राइम्स टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले गीतको विमोचन गरेका हुन् ।
उनले रिपोर्टर्स क्लबले धेरै इतिहासलाई ब्युताउने र झस्काउने काम गरेको बताए । धमलाले २५ वर्षअघि स्थापना गरेको क्लबको पहिलो वक्ता कृष्णप्रसाद भट्टराई भएको बताए । भट्टराईको जीवनबाट सबैले पाठ सिक्ुनपर्ने भन्दै उनले भने,‘जीवनमा कुनै स्वार्थ नभएको व्यक्ति÷नेता कोही छन् भने त्यो कृष्णप्रसाद भट्टराई हो । उहाँले राजनीतिमा लागेर पैसा कमानुभएन ।’ भट्टराईले आफूलाई भनेको कुरा स्मरण गर्दै धमलाले भने,‘बाबु पत्रकारिता गर्न सक्नुहून्छ तर, सफल र असफल हुन चाँही निकै चनौती छ ।’
सभापति धमलाले क्लबको दास्रो वक्ता नेकपा एमालेका नेता स्वः मनमोहन अधिकारी भएको उल्लेख गर्दैै अधिकारीले आफूलाई काखमा बसाएर फोटो खिचाएको स्मरण गराए । अधिकारीले आफुलाई दिएको ढाडस सम्झदै धमलाले भने,‘तिमिले रोजेको पत्रकारिता चुनौतिपूर्ण पेशा हो, तर इमान्दारिता चाहिन्छ, निष्ठा चाहिन्छ र व्यवसायिकता चाहिन्छ ।’
ती दुई नेताहरुलाई स्मरण गर्दै धमलाले आफ्नो पत्रकारीता व्यवसायिकता भएको स्पष्ट पारे । उनले भने,‘मेरो पत्रकारिता देश, जनतामा सर्मपित हो र मेरो पत्रकारिता सिस्टम प्रतिको पनि हो । जो सुकै प्रधानमन्त्री बनोस् मलाई मतलब छैन् तर देशमा विकास हुनुपर्यो । मैले निर्वाचन अघि गरेको देशभरको यात्रामा पाएको माया,स्नेह र प्रेम भनेको अब मेरो पत्रकारिता देश र जनतामा मात्र समर्पित हुनेछ ।’ देशमा भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभुति दिने र सम्पुर्ण नेपाली जनतालाई खुशी सन्तुष्टि दिलाएर स्वाभिमानको साथ बाच्न सक्ने वातावरण बनाउने आफ्नो दायित्व भएको बताए ।
पूर्वरक्षामन्त्री भिमसेन दास प्रधानले गीतको माध्यमबाट युवा अवस्थामा माया दर्शाउन सकिने बताए । गीतका शब्दलाई नै युवाहरुको मन छुने उनको भनाइ थियो । कार्यक्रममा धेरै वर्ष अघि प्रेमध्वज प्रधानले गाएको ‘यो जनममा भेट नभए अर्को जनममा भेटुला मनमा उठेका ज्वालालाई अर्को जनममा मेटुम्ला’ गीतको टुक्का गाएर सुनाएका थिए । गीतले आफूलाई युवावस्थामा पुर्याउने उनले बताए । गीतको सफलताको शुभकामना दिएका थिए ।
गीतका गायक डिजराज पौडेलले आज सार्वजनिक गीतको केही अंश गाएर सुनाएका थिए । कार्यक्रममा गायिका तथा सञ्चारकर्मी पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् । र उनले गीत तथा म्युजिक भिडियोको क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
गीतमा गायिका विष्णुमाया पौडेल र चर्चित गायक दिलराज पौड्यालको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पौड्यालको रहेको छ । छायांकन र सम्पादन बाल कुमार मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल कार्कीले गरेका छन् ।
म्युजिक भिडियोमा वरिष्ठ समाजसेवी भद्र कुमारी घले, अन्जली अधिकारी, सुधीर श्रेष्ठ, लोमस शर्मा,विष्णुमाया पौडेल, घनश्याम र आशिका बस्नेतको अभिनय रहेको छ । कार्यक्रमको आयोजना सहारा महिला समाजले गरेको थियो ।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु