तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सेन्ट जर्ज स्कुलमा शैक्षिक अवलोकन भ्रमण “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १८ गते, आईतवार १८:४२

काठमाडौं – सेन्ट जर्ज स्कुलले वार्षिक क्यालेन्डर अनुसार आफ्ना विद्यार्थीहरुलाई ३ दिन शैक्षिक अवलोकन भ्रमण गराएको छ । प्रि-प्राइमरी र कक्षा १ लाई चिडियाखाना, कक्षा २- ५ सम्मलाई ललितपुर स्थित गोदावरी गार्डेन, कक्षा ६.७ र ८ का विद्यार्थीहरुलाई भक्तपुर स्थित चागुनारायण मन्दिर, न्यात्पोल, दरबार इस्क्वायर र साँगा महादेव एवं त्यहाँ रहेको झोलुङ्गे पुलको अवलोकन गर्न लगियो ।

विद्यार्थीहरुलाई यसरी बाहिर लैजाँदा उनीहरुलाई थप उर्जा प्राप्त हुनुका साथै दिमाग फ्रेस हुन्छ । किताबमा मात्र पढेको र भनेको सुनेका कुराहरु प्रत्यक्ष आफ्नै आँखाले देख्दा विद्यार्थीहरुमा स्मरण क्षमता बढ्छ र पढाईमा समेत सुधार हुने कुरा विद्यालयका प्र.अ मेघराज बजगाईंले बताउनु भयो ।

नेपालमा विद्यार्थीहरुलाई घुम्न, सिक्न र जान्नको लागि धेरै कुराहरु र स्थान हुँदा हुँदै पनि राम्रो व्यवस्थापन हुन नसक्दा त्यसको सहि उपभोग हुन सकेको छैन । अब स्थानीय निकाय र सरोकारवाला निकायहरु मिलि विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमणका लागि भएका कुराहरुलाई सुधार एवं प्रचारप्रसार गर्ने, बाटो र यातायातको उपयुक्त वातावरण बनाउनु पर्छ ।

विद्यार्थीहरुलाई अहिलेबाट नै राम्रो वातावरण दिन सके भविष्यमा उनीहरुले राम्रो काम गर्न सक्छन् । त्यसका लागि हामीले आजैबाट सहि वातावरण बनाउँदै लैजानुपर्छ । हामीले जबसम्म शिक्षामा सुधार ल्याउन सक्दैनौं तबसम्म देशमा अन्य कुराको सुधार हुन सक्दैन भन्ने कुरा अब आम शिक्षा क्षेत्रमा लाग्ने र सरकारी निकायले बुझ्न आवश्यक छ भन्ने कुरा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रल्हाद दाहालले बताउनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु