तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज नेप्से परिसूचक २४ अंकले घट्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर १९ गते, सोमबार १६:४०

काठमाडौं । निरन्तर रूपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन पनि उच्च अंकले गिरावट भएको छ। सोमबार नेप्से २४.४६ अंकले घटेर एक हजार ९३८.७६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.१९, फ्लोट इन्डेक्स १.३८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६९ अंकले घटेको छ।

कारोबारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता सेयर एक अर्ब ६७ करोड ४ लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। आइतबार एक अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, वित्त उपसमूह २.२८ तथा बाँकी उपसमूहहरू पनि एक प्रतिशतभन्दा धेरैले घटेको छ।

सोमबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशत बढ्दा अजोड इन्स्योरेन्सको ७.३७ प्रतिशतले घटेको छ। त्यसैगरी, ओरियन्टल होटेल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भई रिडी पावर शीर्ष स्थानमा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु