
२२ मंसिर २०७९ शर्मिला विश्वकर्मा काठमाडौं
डाउन सिण्ड्रोम अपाङ्गता बौद्धिक अपाङ्गता भित्रको एक अवस्था हो । डाउन सिण्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु बढी मात्रमा विभिन्न हिंसा तथा दुर्व्यवहारमा पर्ने भएकोले उनीहरु आफैले कुन कुरा ठिक वा बेठिक भनेर छ्ट्याउन नसक्ने हुदा यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरु कुनै हिंसामा नपरुन, कुनै दुर्घनाको सामना गर्न नपरोस भन्ने उदेश्यले “हिंसा विरुद्ध हाम्रो अभियान प्रतिकार र प्रतिरक्षा ” नामक सचित्र सरल पुस्तिका प्रकाशन गरी विमोचन गरिएको छ ।
डाउन सिण्ड्रोमसमाजनेपालले अष्ट्रेलियन राजदुतको सहयोगमा प्रकाशन गरेको सो पुस्तिका हिजो बुधबार मंसिर २१ गतेका दिन काठमाडौंको कपुरधारा स्थीत आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरी अष्ट्रेलियन राजदुत फेलिसीटी भेल्क HE Felicity Volk, बाग्मती प्रदेश सभा सदस्य तथा काठमाडौं महानगरपालिकाका निर्वतमान उपप्रमुख लगायत अपाङ्गता अधिकारकर्मीहरुले संयुक्त रुपमा उक्त प्ुस्तकको विमोचन गर्नु भएको थियो ।
सो पुस्तक विमोचन कार्यक्रमका आयोजक संस्था डाउन सिण्ड्रोम नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई के भएको छ, उनीहरुलाई आफ्नो शरीरमा आएको परिर्वतनको बारेमा महसुस नहुने हुदा विभिन्न दुर्घटनाहरु, यौन तथा विभिन्न हिंसाहरुबाट सुरक्षित रहन सकुन भन्ने उदेश्यले “हिंसा विरुद्ध हाम्रो अभियान प्रतिकार र प्रतिरक्षा ” नामक सचित्र सरल पुस्तिका प्रकाशन गरिएको जानकारी गराउनु भयो । यसै क्रममा उहाँले यस पुस्तक प्रकाशनका लागि अष्ट्रेलियन राजदुतको सहयोग रहेकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस पुस्तकका आधारमा विषेश गरी बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरु सुरक्षित रहुन भनेर तालिम सञ्चालन गरी उनीहरुलाई नै प्रशिक्षक बनाउने बताउनु भयो ।
यस कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले यस्ता अपाङ्गता भएका बालबालिकाहरुलाई व्यवहारिक शिक्षा उपलब्ध गराउनुका साथै आत्म सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गराउदै राज्यले कार्यक्रम सञ्चालन गर्नु पर्ने कुरामा जोड दिदै आफ्नो तर्फबाट सधै उहाँहरुलाई आवश्यक सहयोग गर्ने बताउनु भयो । त्यसै गरी बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका सवाल अगाडि आउन नसकेकोमा यस पुस्तकले उनीहरुको लागि केही सहयोग गर्न सक्ने भन्दै यस पुस्तकलाई सरोकारवाला निकायहरु तथा सबै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरु समक्ष पुर्याउनु पर्ने र आफु सधै यस्ता बालबालिकाहरुको हक हित र अधिकार सुनिश्चतका लागि तत्पर रहेको बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी पूर्व अध्यक्ष तथा एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा.विरेन्द्रराज पोखरेलले विगतका दिनहरुमा पनि डाउन सिण्ड्रोम नेपालसँग सहकार्य गर्दै डाउन सिण्ड्रोम डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको स्वरोजगार र कोभिडको समयमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कार्य गरेको भन्दै यस पुस्तकलाई अडियोमा पनि तयार गरी विद्युतीय प्रविधियुक्त बनाउन सकेमा अझै प्रभावकारी हुने कुरामा जोड दिदै आफ्नो तर्फबाट डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुको अधिकारका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

सोही क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी नवनिर्वाचित उपाध्यक्ष अनिता घिमिरेले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितका लागि यस पुस्तकले सहयोग गर्ने र यस पुस्तकलाई सबै शैक्षिक संघ संस्थाहरुमा पु¥याउनु पर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि एवं अष्ट्रलियन राजदुत फेलिसीटी भेल्क HE Felicity Volk ले डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्प्यक्तिहरुका लागि ज्यादै उपयोगी कार्यक्रमहरु गर्दै आएकोमा धन्यवाद दिदै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुका सवालमा प्रकाशन गरिएको “हिंसा विरुद्ध हाम्रो अभियान प्रतिकार र प्रतिरक्षा ” नामक सचित्र सरल पुस्तिकाले यस्ता अपाङ्गता भएका व्यक्तिहरुको हिंसा न्यूनिकरणका लागि सहयोग गर्ने, सरोकारवाला निकायहरु समक्ष यो पुस्तक पुर्याउन आवश्यक रहेको बताउनु भयो । त्यसै गरी उहाँले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न चुनौतीहरुको न्यूनिकरण गर्न, उनीहरुको हक हित र अधिकारको लागि नेपाल सरकारका ३ वटै तहसँग सहकार्य गरी काम गर्न तयार रहेको भन्दै डाउन सिण्ड्रोम समाज नेपालसँग आगामी दिनहरुमा पनि सहकार्य गरी काम गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बाग्मती प्रदेश सभा सदस्य तथा काठमाडौं महानगरपालिकाका निर्वतमान उपप्रमुख हरीप्रभा खड्गीले डाउन सिण्ड्रोम लगायत अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको मानव अधिकारको प्रत्याभूती गराइनु पर्ने, व्यवपक रुपमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गराइनु पर्ने, उनीहरुको रुचि र क्षमता अनुसारको सीप प्रदान गरी आय आर्जनका कार्यक्रमहरु ल्याइनु पर्ने भन्दै आफ्नो तर्फबाट यस क्षेत्रमा सधै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै उहाँले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको जीवन यापन र मानव अधिकार सुनिश्चितका लागि कार्यक्रमहरु सञ्चालन गर्नको लागि काठमाडौं महानगरपालिकामा बजेट विनियोजनका लागि आफ्नो तर्फबाट पहल गर्ने भन्दै अबका दिनमा बन्ने नीति नियम तथा ऐन कानूनहरुमा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरु र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्न पहल गर्ने बताउनु भयो ।
सो कार्यक्रममा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए भने “हिंसा विरुद्ध हाम्रो अभियान प्रतिकार र प्रतिरक्षा ” नामक सचित्र सरल पुस्तिकामा उल्लेख गरिएका कुराहरुलाई डाउन सिण्ड्रोम अपाङ्गता भएकी बालिका लुजा श्रेष्ठले पढेर सुनाउनु भएको थियो । त्यसै गरी केही कार्यक्रम डाउन सिण्ड्रोम अपाङ्गताका व्यक्ति प्रदेश अर्यालले सञ्चालन गर्नु भएको थियो ।


