
मंसिर २१ ,काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबीको आयोजना र न्युटन हाई स्कुलको सहकार्यमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद न्याैपानेले लैङ्गिक हिंसा बिरूद्धको १६ दिने लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।
सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्ने समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने पनि न्याैपाने बताउनु भयो ।

सामुदायिक प्रहरी सेवा केन्द्रकी ईन्चार्ज कल्पना थापा धमलाको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रमा हिंसा विरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले काठमाडौ महानगरपालिका वडा ४ बालुवाटार एरियामा बिशेष परिक्रमा गरिएको थियो ।

प्रहरी जवान जानुका केसीको सहजकर्ताको भुमिका निर्वाह रहेकोे अभियानमा महिला स्वास्थ्यकर्मी, शिक्षक ,विद्यार्थी,समाजसेवी लगाएतको भब्य उपस्थिति रहेको थियो ।


