दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवोदितलाई टप्स बास्केटबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २६ गते, सोमबार ६:०९

काठमाडौ ।नवोदितले टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नवोदितले स्वेता सदनलाई ५३–३० ले पराजित ग¥यो । नवोदितका पुजन थपलियाले ३२ स्कोर गरे । पुजननै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
मैपीस्थित गण्डकी पब्लिकको कोर्टमा भएको प्रतियोगितामा ह्वाइट हेभन तेश्रो भयो । ह्वाइट हेभनले बेलमोन्टलाई २२–१३ ले हरायो । विजेताका मिसनबहादुर मगरले ११ अंक जोडे ।
प्रतियोगितामा स्वेता सदनका जमेश महर्जन सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर जमेशले १ सय ३ स्कोर गरे । गण्डकी अनुशासित टिम चुनियो ।
विजेतालाई टप्सका अध्यक्ष आरसी भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु