दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बौद्धिक अपाङ्गता भएका महिला र महिनावारीका चुनौतीहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २६ गते, सोमबार ११:५१

शर्मिला विश्वकर्मा, काठमाडौ

महिनावारी प्रत्येक किशोरीको शारीरिक परिर्वतनको एक श्रोणी हो । सामान्यतय महिनावारी १२ वर्षको उमेर देखि १४ वर्षको उमेरमा हुने हुन्छ । तर कुनै कुनै किशोरीहरुमा भने ९ देखि १६ वर्षमा पनि रजस्वाला अर्थात महिनवारी हुने गरेको पाइन्छ । महिनावारी महिलाहरुको प्राकृतिक रुपमा हुने शारीरिक परिर्वतन पनि हो । महिनावारी विशेष गरी हाम्रो शरीरमा भएका हर्मोनहरुको मात्रमा आउने परिर्वतनहरुको कारणले पनि हुने हुन्छ । महिनावारी हुनु भनेको प्राकृतिक सरसफाईका साथै एउटी युवती हरेक महिना गर्भवती हुन तयार हुने संकेत पनि हो । अर्थात एउटी महिला आमा बन्न सक्षम हुने अवस्था हो । पाठेघरले बनाएको रगतको तह योनी मार्ग हुदै रगतको रुपमा शरीरबाट बाहिर निस्कन्छ । यस्तो समयमा सरसफाईको अति नै जरुरी हुन्छ ।
महिनावारीका समयमा अन्य महिलाहरुको तुलनामा भौतिक संरचना तथा मानव निर्मित संरचनाहरु अपाङ्गता मैत्री नहुदा अपाङ्गता भएका महिलाहरुलाई महिनावारी व्यवस्थापन गर्न केही कठिन हुन्छ । यसमा बौद्धिक अपाङ्गता भएका महिलाहरुका झन चुनैतीहरु हुने गरेको अभिभावकहरु बताउनु हुन्छ । बौद्धिक अपाङ्गता यस्तो अपाङ्गता हो जसमा बौद्धिक क्षमता न्यून हुन्छ र उमेर अनुसार आवश्यक क्रियाकलाप गर्न कठिन हुन्छ । कतिपय बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु बोल्न, आफ्नो भावना व्यक्त गर्न सक्दैनन् भने अधिकांशलाई केही पनि थाहा हुदैन ।
बौद्धिक अपाङ्गता भएका महिलाहरुमा पनि अधिकांशलाई आफु महिनावारी भएको भन्ने कुराको जानकारी नै हुदैन । यदी कपडामा रगत देखिएमा अभिभावकले थाहा पाउछन् र आवश्यक व्यवस्थापन गर्ने गरेको पाइन्छ । अधिकांश बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु को सिकाइमा ढिला हुने, विर्सने, व्यवहारिक ज्ञान सीप तथा दैनिक क्रियाकलापहरु गर्न कठिन हुदा महिनावारीको समयमा सरसफाई तथा व्यवस्थापनमा चुनौती हुने हुन्छ ।


पोखरा महानगरपालिका ८ पृथ्वीचोक निवासी प्रमिला जोशीका २ जना सन्तान छोरी छोरा मध्ये पहिलो सन्तान छोरी रोजिना जोशी जन्मेको ९ महिना पछि ज्वारो आयो । औषधीको नकारात्मक असरको कारण उहाँ बौद्धिक अपाङ्गता हुनु भएको प्रमिला भन्नु हुन्छ । प्रमिलाकी छोरी रोजिनामा बौद्धिकका साथै शारीरिक अपाङ्गता पनि छ । उहाँ आफ्ना कुनै पनि क्रियाकलापहरु आफै गर्न सक्नु हुन्न । खाना खुवाउने देखि दिसा पिसाब गराउने सबै काम २४ सौ घण्टा खटिएर अभिभावकले नै गरिदिनु पर्दछ । “उहाँ भन्नु हुन्छ । छोरी १४ को उमेरमा पहिलो महिनावारी भएको र उनको सरसफाईका साथै प्याड लगाइदिने, समय समयमा फेरिदिने सबै काम आमा बुवाले नै गर्दै आएको र यस अवस्थामा समयमा नै सरसफाईमा ध्यान दिन सकिएन भने संक्रमण हुने डर हुने हुन्छ । छोरीको स्याहार सुसारको लागि, उनको होरचाहको लागि एक जनाले त एकछिन पनि छोड्न नै मिल्दैन । जसले गदौ काम गर्न जान पाइदैन र आर्थिक समस्या पनि उत्तिकै हुने गर्दछ । त्यसैले राज्यले बौद्धिक अपाङ्गता भएका महिलाहरुका लागि डाइफर र सेनेटरी प्याडहरु लगायतका अति आवश्यक सामाग्रीहरु सके निःशुल्क नसके न्यून मूल्यमा उपलब्ध गराइदिइमा सहज हुने थियो ।”
महिनावारीचक्र करिब २८ दिनको हुन्छ । महिनावारीको समयमा २ देखि ७ दिन सम्म पनि रक्तश्राप हुने हुन्छ । यस्तो अवस्थामा सरसफाइमा अति नै ध्यान दिनु पर्दछ । तर बौद्धिक अपाङ्गता भएका महिलाहरुको हकमा भने यो कार्य ज्यादै नै कठिन पूर्ण छ । किनकी उनीहरु आफै व्यवस्थापन गर्न कठिनाई भएको कारण आमा वा परिवारका अन्य सदस्यहरुले नै सहयोग गर्नु पर्ने हुन्छ ।


काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका वडा नं ७ निवासी लक्ष्मी काफ्लेका पनि १ जना छोरा र १ जना छोरी मध्ये पहिलो सन्तान विनम काफ्ले जन्मेको ६ महिनामा निमोनिया भएको कारण बौद्धिक अपाङ्गता हुनु भयो र हाल उहाँ ३२ वर्षको हुनु हुन्छ । लक्ष्मी काफ्ले भन्नु हुन्छ ” छोरी आफै केही पनि काम गर्न सक्दिनन्, उनलाई खान खुवाउने देखि लिएर सबै काम हामी अभिभावकले नै गरिदिनु पर्दछ । महिनावारीका समयमा पनि उनलाई घरमा एक्लै छोडेर कर्त टाढा जान पनि सकिदैन । महिनावारी भएको समयमा नै हामीले नै सरसफलाई लगायतका सबै काम गरिदिनु पर्दछ । यसै सन्दर्भमा उहाँ एउटा घटनालाई यसरी सम्झनु हुन्छ । आज भन्दा ४ वर्ष पहिला म कुनै एक कार्यक्रममा सहभागी हुनको लागि नेपालगञ्ज गएकी थिए । त्यही समयमा घरमा छोरी महिनावारी भैछिन् । बुवालाई महिनावारीको सयमयमा त्यती स्याहार सुसार गर्न नआउने, छोरालाई आउथ्यो उ पनि काठमाडौं बाहिर थियो । यस्तो समयमा छोरीलाई गारो हुने भयो भनेर मलाई श्रीमानले घरमा आउनु भनेर फोन गर्नु भयो र म छोरीको यस्तो समस्याको कारण तुरुन्तै जहाजको टिकट काटेर घरमा आएर उनको महिनावारीको व्यवस्थापन गरेकी थिए । त्यसैले बौद्धिक अपाङ्गता भएका भएका छोरीहरु आफैले केही गर्न नसक्दा, आफुलाई के भएको हो भन्ने कुराको जानकारी नहुदा छोरीका साथै हामी अभिभावकहरुलाई पनि हर क्षण चुनौती हुन्छ । यस्तो समस्या न्यूनिकरण गर्नका लागि राज्यले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगीको व्यवस्था गरिदिन अति नै जरुरी छ । ”

पोरखा महानगरपालिका वडा नं ४ रामकृष्ण टोल निवासी रामनारायण श्रेष्ठकी २५ वर्षकी छोरी हेलेना श्रेष्ठ पनि बौद्धिक अपाङ्गता भएको महिला हुनु हुन्छ । ” छोरी जन्मेको दोश्रो दिनमा नै डाक्टरले उहाँमा बौद्धिक अपाङ्गता भित्रको डाउन सिण्ड्रोम भएको जानकारी गराउनु भएको थियो । सोही अनुरुप उहाँहरुले छोरी हेलेनालाई सानै देखि व्यवहारिक ज्ञान, सीप सिकाउदै आएको कारण अहिले उहाँले आफ्ना दैनिक क्रियाकलापहरु आफै गर्न सक्ने हुनु भएको छ तर पनि उहाको सिकाइमा भने केही ढिलापन भए पनि सम्झाइ रहयो भने सामान्य कामहरु आफै गर्न, सरसफाई गर्न, खाना खान, लुगा लगाउन सक्नु हुन्छ । यसो गर भन्यो भने उहाँले महिनावारी हुदा प्याडहरु आफै लगाउने, अब अर्को फेर भने पछि फेर्ने, सफा गर्ने, त्यो प्याडलाई शौचालयमा राखिएको फोहोर व्यवस्थापनको भाडामा राख्ने गरेको उहाँको बुवा रामनारायण श्रेष्ठ भन्नु हुन्छ ।” हेलेनाको पहिलो महिनावारी १५ वर्षको उमेरमा भएको र त्यो समयमा उनलाई महिनावारी भनेको के हो, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको जानकारी नै थिएन । विस्तारै विस्तारै घरमा आमा बुवाले सिकाउदै गर्दा अहिले आफै व्यवस्थापन गर्न सक्ने भएको अभिभावक रामनारायण श्रेष्ठ बताउनु हुन्छ ।

सोलुखुम्बु जिल्ला सोताङ् गाँउपालिका वडा नं ८ स्थाई ठेगाना भई हाल काठमाडौंको किर्तिपुरको ट्याङ्लाफाट निवासी लक्ष्मी बस्नेतका पनि २ जना छोरीहरु मध्ये पहिलो छोरी लोजिना खरेल जन्मजात नै बौद्धिक अपाङ्गता हुनु हुन्छ । जन्मने क्रममा भ्याकुमले ताने पछि उनीमा बौद्धिक अपाङ्गता भएको उहाँ बताउनु हुन्छ र हाल उहाँकी छोरी २८ वर्षकी हुनु भयो । तर पनि उहाँ आफैले केही पनि काम गर्न सक्नु हुन्न । खाना कति बेला खाने, के गर्न हुन्छ हुदैन भन्ने कुराहरु समेत थाहा छैन् । उहाँका दैनिक क्रियाकलापहरुमा समेत आमा तथा बुवाले नै सहयोग गरिदिनु पर्दछ । यति मात्रै होइन की उहाँको बोली पनि प्रष्ट छैन । महिनावारीका विषयमा पनि उहाँलाई केही पनि जानकारी नै छैन । उनको पहिलो महिनावारी १२ वर्षमा भएको थियो भने अहिले पनि उनी महिनावारी भएको भन्ने कुराको जानकारी शौचालयमा वा कपडाहरुमा रगत देखियो भने मात्रै आमालाई थाहा हुन्छ । अनि मात्रै रगत व्यवस्थापन गर्नको लागि सफा कपडा तथा प्याडहरुलाइदिने, सफा गरिदिने, अब प्याड फेर्ने समय भयो होला भनेर प्याड फेरिदिने गर्ने गरेको लक्ष्मी बस्नेत बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ” महिनावारी भएको समयमा कहिले काँही हाम्रा आँखा छलेर छिमेकीको घरमा गइन भने छिमेकीहरुले छिछि र दुरदुर गर्ने, पानी छोइदिइ भनेर हेला गर्ने गर्दा सारै पीडा हुन्छ । छोरीको महिनावारीका समयमा बुवा र आमा दुबैले सहयोग गर्ने गरेको भन्दै राज्य स्तरबाट बौद्धिक अपाङ्गता भएका महिलाहरुको महिनावारी व्यवस्थापनको लागि बौद्धिक अपाङ्गता भएका छोरीहरु र अभिभावकहरुलाई विभिन्न तालिमहरु दिएमा, समाजमा यस विषयमा जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरेमा केही मात्रमा सहज हुने थियो । ”

हामी कहाँ अधिकांश ठाँउहरुमा अपाङ्गता मैत्री शौचालयहरु नहुदा, प्रसस्त मात्रमा पानीको व्यवस्थापन नहुदा, महिनावारीको व्यवस्थापनको विषयमा, रगत व्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरुको प्रयोगको बारेमा चेतना नहुदा र ती सामाग्रीहरु महङ्गो हुने हुदा पनि बौद्धिक अपाङ्गता भएका महिलाहरुलाई निकै चुनौती रहको छ । यस विषयमा घर परिवारका सदस्यहरु, अभिभावक तथा संरक्षकहरु र समाजमा पनि जनचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालनन गर्नुका साथै महिनावारीका समायमा प्रयोग गरिने सामाग्रीहरुको प्रयोगात्मक सिकाई गराउनु पर्ने देखिन्छ ।


भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ६ की सपना बाडेले ३१ व्र्षकी बहिनी र २८ वर्षका बौद्धिक अपाङ्गता भएका भाइ र बहिनीको हेरचाह गर्दै आउनु भएको छ । यहाँका दुबै जना भाइ र बहिनी पूर्ण रुपमा बौद्धिक अपाङ्गता हुनु हुन्छ । जसको कारण अन्य दैनिक चुनौती त छदै छ त्यसमा पनि बहिनीको महिनावारीको समयमा झनै गारो छ । जन्मजात बौद्धिक अपाङ्गता भएकी बहिनीलाई महिनावारी मात्रै होइन केही कुराको पनि थाहा हुदैन । जब कपडा तथा शौचालयहरुमा रगत देखिन्छ तब मात्र उनी महिनावारी भएको थाहा हुन्छ । त्यस पछि मात्र रगत व्यवस्थापनका लागि प्याड तथा आवश्यक सामाग्रीहरु लगाइदिने गर्नु पर्दछ । सपना भन्नु हुन्छ ” बहिनी महिनावारी भएको थाहा भए पछि सरसफाइ गरेर प्याड लगाइदियो एक छिनमौ झिकेर फालिदिन्छिन् । उनी बोल्न, आफुलाई लागेको कुराहरु व्यक्ति गर्न, आफुलाई भएको पीडा बोलीबाट व्यक्त गर्न नसक्दाको कठिनाई हो यो । त्यसैले यस्तो अवस्थामा राज्य तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले महिनावारी व्यवस्थापनका विषयमा बौद्धिक अपाङ्गता भएका महिलाहरु तथा अभिभावक वा उनीहरुका संरक्षकहरुलाई तालिम दिएमा राम्रो हुने थियो ।”
माथी उल्लेखित केही अभिभावकहरु ज्यून उदाहरण मात्र हुनुहुन्छ । यस्तो कठिनाई सबै बौद्धिक अपाङ्गता भएका महिलाहरु र अभिभावकहरुलाई छ । अपाङ्गता मैत्री शौचालय नहुदा, भएकामा पनि प्रसस्त पानी नहुदा, शौचालयहरु फोहोर हुदा, आर्थिक अभावको कारण प्याडहरु लगायत अन्य सामाग्रीहरु किन्न नसक्दा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुलाई समस्या हुने गरेको पाइन्छ ।
बौद्धिक अपाङ्गता भएका महिलाहरु जसका सबै दैनिक कार्यहरु सहयोगीले नै गरिदिनु पर्दछ । समयमा नै सरसफाईमा ध्यान दिन सकिएन भने संक्रमण हुने सम्भावना पनि प्रबल हुन्छ । जसले गर्दा मानसिक तथा शारीरिक पीडा सहनु पर्दछ । अहिले त महिनावारी व्यवस्थापनका लागि बजारमा सेनेटरी प्याड, कप, पेन्टी लगायतका विभिन्न सामाग्रीहरु आएका छन् । ती सामाग्रीहरुलाई अधिकांश अभिभावकहरुले किन्न र प्रयोग गर्न सक्दैननु । किनकी किन्नको लागि आर्थिक अभाव हुन्छ भने प्रायोग गर्नको लागि प्रयाप्त मात्रमा जानकारी नै हुदैन । जसले गर्दा पुराना कपडाहरु प्रयोग गर्दछन् र संक्रमण हुने सम्भावना पनि अधिक हुन्छ ।
त्यसैले अबका दिनमा बौद्धिक अपाङ्गता भएका महिलाहरुको महिनावारीलाई सहजता बनाउनको लागि सम्बन्धित निकायहरुले महिनावारीका विषयमा जानकारी दिदै प्रयोग गरिने विधिहरु सहित निःशुल्क तथा न्यून मूल्यमा उपलब्ध गराउन, जनचेतना जगाउन, स्वास्थ्यकर्मीहरु तथा नर्सहरुको व्यवस्थ ागर्न आवश्यक हुन्छ । यस विषयमा सरोकारवाला निकायको ध्यान केन्द्रित होस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु