
चौथो नेपाल संस्कृति अन्तराष्ट्रिय चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । मंसिर २२ गतेबाट शुरु भई ३ दिनसम्म चलेको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय चलचित्र र नेपालका ३४ चलचित्र रहेका थिए । समापन समारोहको उद्घाटन काठमाडौं ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेले गरेका थिए । कार्यक्रममा नेपालका वरिष्ठ कलाकारहरु भुवन चन्द, बसुन्धरा भुषाल, तथा अन्तराष्ट्रिय जुरी एलिना नोडेल एवं आन मेटी, ईस्कपल्र लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र क्रमिहरुको उपस्थिति रहेको थियो । सो मोहत्सवमा गो.न.पा. ६ का वडा अध्यक्ष नवराज लामा एवं समाजसेवीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो भनें अतिथीहरुले उत्कृष्ठ राष्ट्रिय तथा अन्तराष्ट्रिय विधामा पुरस्कार प्रदान गरेका थिए । चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल कल्चर एण्ड फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्वमा भएको थियो । सो कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको थियो ।


