दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बोरिस र आयुष्मानको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २७ गते, मंगलवार ६:२१

काठमाडौ ।नेपालका बोरिस अधिकारी र आयुषमान हजुर घलेले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । पहिलो दिन ब्वाइज सिंगल्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुषमानले जित हात पारेका हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६–० र ६–० तथा आयुषमानले भारतकै पार्थ सानेलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
मन जय टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समै हङकङका कि छियोङ मोरिस हाङले नेपालका वृजेश अर्याललाई ६–२ र ६–३, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका अबिर श्रीवास्तवलाई ६–१ र ६–४, भारतका आदित्य सिंहले नेपालमा आसभसम्राट हाडालाई ६–३ र ६–१, भारतका भिभान मिर्धाले नेपालका निशाद जोशीलाई ६–० र ६–०, बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले भारतका सञ्जय गिरिस गुप्तालाई ६–३ र ६–३, भारतका किशोर श्रीरामले नेपालका अद्रिन थापालाई ६–१ र ६–०, यमनका हमुद इयादले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–१ तथा हङकङका यु हिन वोङले भारतका तनिश रेड्डी भुन्द्यालालाई ६–० र ६–१ को सोझो सेटमा हराउदै पहिलो चरण पार गरे ।
एसियाली टेनिस महासंघको स्वीकृति तथा नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्समा बंगलादेशकी तायेबा खानोमले भारतकी मेगाली प्रकाशलाई सीधा सेटमा ६–० र ६–१ ले पन्छाइन् ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । विभिन्न १४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ब्वाइज÷गल्र्स सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जानकारी गराइन् ।
एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु