
प्रविण थपलिया नुवाकोट ।शिक्षकहरुको पेशागत संस्था नेपाल शिक्षक संघ शिवपुरी कार्यसमिति द्वारा आज शिवपुरी गाउँपालिकामा शिक्षा सुधारका लागि ध्यानाकर्षण गरेको छ । संघका अध्यक्ष दामोदर आचार्यको नेतृत्वमा गाउँपालिका पुगेका शिक्षक संघका टोलीले बुधवार गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया उपाध्यक्ष बीरबहादुर तामाङ तथा प्रशासकिय अधिकृत वसन्तकुमार कार्की लाई भेटी १८ बुँदे शिक्षा सुधार पत्र बुझाएको हो ।
सुझाव पत्रमा दिइएको सुझावरहरुमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग, गाउँ पालिका स्तरीय आधारभूत तहको परीक्षा स्तरीय र व्यवस्थित हुनुपर्ने , दरबन्दि नभएका विद्यालयमा विषयगत शिक्षक दरबन्दिको ब्यबस्था ,अभिभावक शिक्षा, पुनर्ताजगी तालिम , ICT को प्रयोगमा पहँच बृध्दि तल्लो तहमा नियुक्त भइ माथिल्लो तहमा अध्यापन गराइरहेका शिक्षकलाई प्रोत्साहान भत्ताको ब्यवस्था ,विद्यालय सुधार योजना कार्यान्यनलाई कडाइ ,राहात वाल विकाश तथा विद्यालय कर्मचारीहरुको समस्या समाधान सम्वन्धी रहेको नेपाल शिक्षक संघ शिवपुरी कार्य समितिले जनाएको छ।


