
देव कुमारी पराजुली – हालको संविधान अपुरो छ, यसका मुलभूत विषयमा हाम्रो विमति छ तर विश्वको उत्कृष्ट संविधान भनेर दाबी गर्नेहरुबाट संविधान कार्यान्वयन गर्दैगर्दा अपागंता भएका व्यक्तिको अधिकार फेरी एकपटक खोसिएको छ । निर्वाचन आयोगले बन्द सुचीमा अनिवार्य गरेको अपागंता भएका व्याक्तिको नाम खुल्ला सुचीमा कुनै पाटींबाट पनि एक जना पर्न सकेन। अपागंता भएका व्याक्तिलाई भोट बैंकको रुपमा प्रयोग गर्न निर्वाचन आयोगले नै बाध्य बनायो तर समावेसी गर्न बाध्य नबनाउनुको कारण निर्वाचन आयोगको असंवेदनशिलता नै हो।

समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभाका सांसदको नामावली सार्वजनिक हुदा प्रतिनिधि सभा तर्फ ११० र प्रदेश सभा तर्फबाट २२० जम्मा ३३० जनामा ठुला दलहरुबाट अपागंता भएको वर्गलाई बेवास्ता गरीएको कुराले राजनीति सहभागिता प्रती प्रश्न उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाग्मती प्रदेशमा १ जना अपागंता भएको व्यक्ति समानुपातिकबाट सांसद बन्न सफल भएकी छन्।
अपागंता भएका व्यक्तिले गरेको सहभागिताको आन्दोलनको परिणाम शून्य त छ नै अब भातृसंगठको औचित्य पनि खासै देखिदैन।
यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वलाई धन्यवाद दिदै स्पाइनल कर्ड इन्जुरी भएकी नेपालकी पहिलो सांसद लक्ष्मी घिमीरे संगै सम्पुर्ण समानुपातिक निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरुमा बधाई र सफल कार्यकालको शुभकामना।
लेखिका पराजुली राष्ट्रीय प्रजातंत्र पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।


