दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज सेयर बजारमा उच्च अंकको गिरावट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ३ गते, आईतवार १८:१५

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक २७.५४ अंकले घटेर एक हजार आठ सय ५५.०६ बिन्दुमा कायम भएको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ५.२२, फ्लोट इन्डेक्स १.८७ तथा सेन्सेटिभ फ्लोट इन्डेकस १.६५ अंकले घटेको छ।

आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार नाै सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेप्सेका सबै समूहको उपसूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै विकास बैंक समूह ६८.८७, निर्जीवन बिमा समूह ६७.०८ र लघुवित्त समूह ५६.२६ अंकले घटेको छ। यसैगरी वित्त समूह ४३.९३, जलविद्युत् समूह ४०.५३ र जीवन बिमा समूह ४०.३६ अंकले घटेको छ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढ्दा रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु