तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्जेन्टिनाले जित्यो फिफा विश्वकप २०२२ को उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ४ गते, सोमबार ६:४३

काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित समयसम्म खेल ३-३ को बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो ।

अर्जेन्टिनाको तर्फबाट मेसी, पाब्लो डिबाला, पेरेडेज र मोन्टियलले गोल गरे । फ्रान्सका लागि एम्बाप्पे र जेरोनिमो रुलीले मात्र गोल गरे भने कोमान र चोउमेनीले पेनाल्टी मिस गरे ।

टाईब्रेकर अघि अर्जेन्टिनाका लागि लियोनल मेसीले दुई गोल गरे भने डि मारियाले एक गोल गरे । फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनल मेसीले सुरुवाती अग्रता दिलाए । फ्रान्सका ओस्मान डेम्बेलेले डि मारियालाई डी बक्सभित्र लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । लियोनल मेसीले मार्क एलिस्टरलाई चलाखीपूर्ण पास दिए । त्यसपछि एलिस्टरले मार्कमा रहेका डि मारियालाई बल उपलब्ध गराए । डि मारियाले उक्त बललाई गोलमा परिणत गरे ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-१ को स्थितीमा ल्याए । त्यसको दुई मिनेटपछि अर्थात् ८२ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयसम्म खेल २ २ को बराबरीमा रहँदा खेल अतिरिक्त समयमा धकेलियो ।

१०९ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल ३-२ को अवस्थामा लगे । तर, ११७ औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई ३-३ को अवस्थामा ल्याएका थिए । यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । यसअघि १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु