तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ५ गते, मंगलवार १७:२६

काठमाडौँ । मनास्लु वर्ल्ड कलजेले बीबीएसका विद्यार्थीहरू लक्षित अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ । आईतवार स्मार्ट प्यालेसमा आयोजित कार्यक्रमका बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै मनास्लु वर्ल्ड कलजेका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै कलेज काठमाडौँको एक राम्रो कलजेमा पर्न सफल भएको बताए । स्थापनाको छोटो समयमै उत्कृष्ट कलेजको परिचय बनाएको मनास्लु स्नातक तहमा पनि त्यही प्रतिष्ठा कायम गर्ने गरी अगाडि बढिरहेको उनको भनाइ थियो। फरक सोच सहित स्थापित कलेज भएकाले कार्यक्रम पनि फरक हिसाबले राखिएको र उत्प्रेरणा तथा मनोरञ्जनले भरिपूर्ण बनाएको उनले उल्लेख गरे ।

कार्यक्रमका मुख्य वक्ता कर्ण शाक्यले शिक्षक तथा विद्यार्थीलाई आफ्नो लामो अनुभव सुनाउँदै ‘बीबीएस राम्रोसँग पढे विदेश जान जरूरी नभएको र देशमै सफल व्यवसायी हुन सकिने बताउनुभयो ।’ त्यस्तै, कार्यक्रमका प्रमुख कामपा वडा–७ का वडा अध्यक्ष तथा अतिथि विमलकुमार होडाले,’विद्यार्थी शिक्षकसँगै सिङ्गो सस्थालाई नै सफलताको शुभकामना दिए ।

मनास्लु वर्ल्ड कलजेका डाइरेक्टर तथा क्याम्पस प्रमुख राजन श्रेष्ठले जीवनमा समस्या चुनौतीहरु आएपनि हरेक कुरामा सकारात्मक सोच लिएर अगाडी बढ्दा सफल हुन सकिने भन्दै विद्यार्थीहरुलाई उत्प्रेरणा दिएका थिए । उनले कितवी ज्ञान मात्र भएर विद्यार्थीलाई नपुग्ने बताउँदै अन्य कलेजको तुलनामा मनास्लु कलेजले विभिन्न फरक र सकारात्मक प्रयोगात्मक ज्ञान दिँदै आएको जानकारी गराएका थिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु