दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेलाई सम्मान तथा बधाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ६ गते, बुधबार ६:४०

शर्मिला विश्वकर्मा, काठमाडौं

खेलकुद सबै नागरिकहरुका लागि अति नै आवश्यक हुन्छ । खेलकुदले मानिसको स्वास्थय राम्रो बनाउनुका साथै तन्तुरुस्त राख्न पनि सहयोग गर्दछ । अन्य नागरिकहरुका साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि खेलकुदको आवश्यकताको महसुस गर्दै वि.सं.२०६६ सालमा काठमाडौंमा स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरुद्वारा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको स्थापना गरियो । मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुद्वार स्थापना गरिएको उक्त संस्थाले स्थापनाको समय देखि नै ह्वीलचियर प्रयोगकर्ता तथा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई एकवद् गरी ह्वीलचियर बास्केटबल, पौडी, टेबुलटेनिस, ह्वीलचियर दौड प्रतियोगीता लगायतका खेलकुदहरुको आयोजना गरिरहेको छ ।
यस संस्थाले नेपालका विभिन्न जिल्लाहरुमा राष्ट्रिय र नेपाल बाहिर अन्तराष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगीतामा सहभागी पनि भएको छ । गत नोभेम्बर ११ देखि १५ तारिक अर्थात कार्तिक २० गते देखि २५ गते सम्म भारतको उत्तर प्रदेशको नोएडामा ICRC अन्तराष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगीतामा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले पनि सहभागीता भएर खेल खेलेको थियो ।

यसै प्रतियोगीताको क्याप्टेन हुनु हुन्थ्यो ” मेरुदण्ड पक्षघात अपाङ्गता भएको महिला लक्ष्मी घिमिरे अहिले लक्ष्मी घिमिरे गत मंसिर ४ गते सम्पन्न भएको राष्ट्रिय सभा तथा प्रदेश सभा निर्वाचन पश्चात राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्यमा समान्पातिक तर्फ मनोनित हुनु भएको छ । ”
हिजो पुष ५ गते मंगरबारका दिन नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले य नै मेरुदण्ड पक्षघातको कारण शारीरिक अपाङ्गता भएकी ह्वीलचियर प्रयोगकर्ता राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेलाई सम्मान गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
यसै क्रममा नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघकी सचिव जेनिशा कठायतले संसदमा अपाङ्गता भएका व्यक्तिहरुका शिक्षा, स्वास्थ्य, रोजगारका साथै अपाङ्गता मैत्री भौतिक संरचना निर्माणका साथै उनीहरुको खेलकुदको विकासका लागि पनि आवाज उठाउनु हुन आग्रह गर्दै उहाँलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
त्यसै गरी नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघका ह्वीलचियर बास्केटबलका कोच विजय लामाले नीति निर्माणका क्रममा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि पनि आवश्यक सवालहरु समावेश गर्नु हुन आग्रह गर्दै बधाई दिनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेलाई सम्मान गर्दै नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघकी अध्यक्ष देवी आचार्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका अति आवश्यक सवालहरुलाई समावेश गर्नुका साथै मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका जटिल समस्याहरुका सामाधानका साथै खेलकुदको विकासका सवालहरु समावेश गर्न आग्रह गर्नु भयो । यसै क्रममा उहाँले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका जटिल समस्याहरुका विषयमा छलफल गरी आवश्यक सवालहरुलाई बुँदागत रुपमा हस्तान्त्रण गर्ने भन्दै नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघसँग आवद् ह्वीलचियर बास्केट बल खेलाडी तथा राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघकीले गरेको सम्मान तथा बधाई र शुभाकामना कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले संसदमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई उठाउदै समावेशको लागि पहल गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, शिक्षा, रोजगार तथा अपाङ्गता मैत्री संरचना निर्माणका लागि पनि आवाग उठाउने बताउदै यो स्थान सम्म आउन सहयोग गर्नु हुने राष्ट्रिय प्रजातन्त्र पाटी, नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघ परिवार तथा अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गताको क्षेत्रमा काम गर्ने सबैलाई धन्यवाद दिदै उहाँहरुका सवालहरुलाई संवोधन गर्नको लागि सधै प्रयत्नशील रहने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु