मस्कट–ओमनमा रहेका नेपालीलाई प्रभावकारी रुपमा जानकारी र सूचना पुर्याउन नेपाली दुतावासले मोबाइल एप सार्वजनिक गरेको छ । नेपाली दूतावास ओमनले ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन शुक्रबारबाट प्रयोगमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच राजदूत शर्मिला ढकाल पराजुलीले एप सार्वजनिक गर्नुभयो ।
एपमा ओमनको भौगोलिक अवस्था, सरकारी निकायहरुको जानकारी , श्रम कानुन, संस्कृति, ट्राफिक नियम तथा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने निकायहरुका बारेमा जानकारी रहेको राजदूत शर्मिला पराजुली ढकालले बताइन । नेपालबाट पहिलो पटक ओमन आउन लागेकालाई पनि यो एप उपयोगी हुने दूतावासको विश्वास छ । एपमा आवश्यक जानकारी थप्दै जाने पनि दूतावासले जनाएको छ ।
श्राेतः janasawal.com