दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ६ गते, बुधबार ८:३५

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदैछ । संसदीय दलको नेताका लागि अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ ।

संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराईसकेका छन् ।

सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक रहेका छन् भने महामन्त्री थापाको उम्मेदवारीमा नेता डा शेखर कोइराला प्रस्तावक र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् । दलको नेता बन्न ४५ मत ल्याउनुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु