दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउसले भेटायो एपसँग सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ६ गते, बुधबार ११:३१

काठमाडाैं । नेपालकै उत्कृष्ट ब्यूटी सलुन फेसियल हाउसबाट सौन्दर्य सम्बन्धी तालिम लिएका विद्यार्थीले सजिलै जागिर पाउने भएका छन् । जसकालागि फेसियल हाउसले भेटायो एपसँग सम्झौता गरेको छ ।

मंगलबार फेसियल हाउसको मूख्य कार्यलय, काठमाडौं मलमा यी दुई संस्थाबीच उक्त विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा फेसियल हाउसकी प्रबन्धक शुष्मा महरा शाह र भेटायो एपकी को-फाउण्डर अन्शु शाक्यले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै को-फाउण्डर शाक्यले उक्त सम्झौताले धेरै भन्दा धेरै युवाहरुलाई तालिम र रोजगारीकाे अवसर प्रदान गर्ने बताइन् । यसका साथै उनले फेसियल हाउसबाट तालिम लिएका जतिपनि युवाहरुले भेटायो एपमार्फत फ्रिलन्सीङ तरिकाले काम गर्न पाउने पनि जानकारी दिइन् ।

यस्तै, फेसियल हाउसकी प्रबन्धक महाराले यो सम्झौतासँगै फेसियल हाउसमा तालिम लिएका विद्यार्थीले अब बेरोजगार भएर बस्नु नपर्ने बताइन् । यसका साथै उनले सिप सिकेपछि त्यो सिपको प्रयोग नगर्दा सिकेको सिपको कम नै नहुने बताउँदै भेटायोले गर्दा त्यो सिपको प्रयोग हुने बताइन् ।

उक्त दुई संस्थाले आगामी वर्षमा करिब ५ हजार व्यक्तिलाई तालिम र रोजगारी प्रदान गर्ने लक्ष लिएको छन् । यसका साथै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन अनुकरणीय रुपमा काम गर्ने योजना बनाएको पनि जनाइएकाे ।

फेसियल हाउसको बारेमा:

नेपालकै उत्कृष्ट ब्युटी सलुन फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद फेसियल हाउसले नेपालको उत्कृष्ट ब्युटी पार्लर बन्न र आफ्नो नाम र प्रतिष्ठा स्थापित गर्न सफल भएको छ । यस अवधिमा यो पार्लरको ब्राण्ड नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय भएको छ । फेसियल हाउसको हाल काठमाडौं माल, सिटिसि मल, चावाहिल, पोखरा, धनगढी लगायतका स्थानमा आउटलेटहरु रहेका छन् । अब छिट्टै चितवन, विराटनगरमा र हेटौडामा पनि आउटलेट विस्तार गर्ने तयारी रहेको छ ।

भेटायो एपको बारेमा:

भेटायो एप एक अनलाई प्लेटफर्म हो । जहा विभिन्न १२ वटा सेवाहरु उपलब्ध छन् । इलेक्ट्रीसीयन, क्लिनिङ देखि ब्यूटिसम्मका सेवाहरु यस एपमार्फत लिन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु