
मेरि मायालु आउछौ कि
कुनै समयमा हाम्रो भेट हुन्छ कि
जिन्दगि हो कहिले हसाउछ
आँखा बाट आशु झारेर बाच्न सिकाउछ
आउछन मायाको आशा जोगाएर
लाग्छ मलाई आएछु कि सपना बाट व्युझिएर
पर्खि बस है मायालु
समयले हाम्रो भेट अवश्य गराउछ
अनेक आशाहरु मनमा बगिरहन्छन
प्रेमको मिठास राखिरहन्छ मन
केहि कुरा भन्छु मैले यो समयमा
समय नै हो पुर्याउछ मलाई कहाँ
जिन्दगि हो कहिले हसाउछ
आँखा बाट आशु झारेर बाच्न सिकाउछ
गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा.२ दिपायल डोटी


