दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ९ गते, शनिबार ८:११

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ ।

बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ । शपथका लागि अपराह्न १२ बजे नै मकवानपुरस्थित बागमती प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्ने छ ।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २४ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्यले शपथ गराउने छन् ।

प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ (छ) प्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति सहित ३ (तीन)दिन अगावै बागमती प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउन पनि सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु