दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रजातन्त्र सेनानी चित्रकारको पुण्य तिथिमा ह्वील चियर र स्टेचर हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ९ गते, शनिबार १७:२२

काठमाडौं– प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३ औं दिनको पुण्य तिथिका अबसरमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । तेह्रौं पुण्य तिथीका अबसरमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा ह्वील चियर र स्टेचर हस्तान्तरण गरिएको हो ।
प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकार अध्यक्षतामा शनिबार सम्पन्न श्रद्धाञ्जलीसभामा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्वील चेयर हस्तान्तरण गरिएको हो ।
काठमाडौं मासँगल्ली २५ वडास्थित प्रदिप्त पुस्तकालयको भवनमा भएको श्रद्धाञ्जली सभामा काठमाडौं क्षेत्र नम्वर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गिय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याउनु भएको योगदानको खुलेर प्रसंसा गरेका थिए । चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको संसाद श्रेष्ठले सभामा सुनाए ।
त्यसै गरी नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षती पुगेको बताए ।
काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्नेभएपछि विरामीहरुलाई ह्वील चेयर र स्टेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल पुर्याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएका छन् ।
श्रद्धाञ्जली सभामा कामनापा वडा नं. २५ का अध्यक्ष राजेश डंगोल, प्रजातन्त्र सेनाली संघका अध्यक्ष उत्तमलाल श्रेष्ठलगायत कार्यकर्ताहरुको सहभागिता थियो । सभामा उपस्थित सवैले स्वर्गिय चित्रकारको तस्विर सामू पुष्प गुच्छ अर्पण गरेका थिए ।
चित्रकारको मंसिर २६ गते निधन भएको थियो । चित्रकार प्रदिप्त पुस्तकालयका भूपू अध्यक्ष तथा वर्तमान संरक्षक समेत थिए । उनी महानगरपालिकाको पूर्वप्रधान पञ्च समेत हुन् । चित्रकारले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान पुर्याएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु