
भक्तपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन सुर्यबिनायक नगर कमिटिले भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभको निर्वार्चनमा भक्तपुर क्षेत्र नम्बर २ “क” बागमती प्रदेश सभा सदस्य किरण थापालाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन् गरेको छ ।
शैक्षिक मुद्दालाई स्थापित गर्नका निमित बिधायकको रुपमा भुमिका खेल्नहुन, युवा बिद्यार्थीहरुका लागि स्वरोजगार तथा रोजगारी सिर्जना गर्ने र स्वदेशमानै बस्ने बाताबरण सिर्जना गराउन तथा प्राबिधिक शिक्षालय स्थापना र प्रभावकारी संचालनका लागि आफ्नो प्रभाकारी भुमिका खेल्नका लगी सुझाव समेत राख्दै कमिटीका अध्यक्ष श्रीकृष्ण थापाले बधाई दिनुभयो साथै युवा बिद्यार्थीका तर्फबाट आवस्यक सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अनेरास्ववियु सुर्यबिनायक नगर कमिटिले प्रदान गरेको सुझावलाई धन्यवाद दिदै अझ रचनात्मक सुझावहरु राख्नका लागि अनुरोध गर्दै आफ्ना तर्फबाट सुझाव कार्यन्वयनका लागि पुर्ण रुपमा कार्य गर्ने बताउनुभयो ।
बिद्यार्थी हकहितका लागि अनेरास्ववियुले महत्वपुर्ण भुमिका निर्वाह गरेको र वडा तहसम्म संगठन बिस्तारलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष आस्था बस्नेत, नगरकमिटी उपाध्यक्ष नबिन खत्रीले सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगरकमिटिका पदाधिकारी सहितका बिद्यार्थीहरुको सहभागीता रहेको कमिटिका सचिब राकेश खड्काले जानकारी दिनुभयो ।


