तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फेसियल हाउसको १५ औं वार्षिकोत्सव भब्यताको साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ११ गते, सोमबार ८:२२

काठमाडौ । विगत १५ वर्षदेखि लोकप्रियता हासिल गर्दै काठमाडौंको काठमाडौं मल,चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा,धनगढी ,सुर्खेतबाट सेवा दिँदै आएको सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसले आइतबार आफ्नो १५ औं वार्षिकोत्सव भब्य रूपमा मनाएको छ ।

नेपालकै उत्कृष्ट ब्युटी सलुन फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद फेसियल हाउसले नेपालको उत्कृष्ट ब्युटी पार्लर बन्न र आफ्नो नाम र प्रतिष्ठा स्थापित गर्न सफल भएको छ । यस अवधिमा यो पार्लरको ब्राण्ड नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय भएको छ ।

फेसियल हाउसको पन्ध्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रबन्ध निर्देशक सुष्मा महरा दुःख र संघर्षका दिन सम्झिएर भावुक बनिन् । फेसियल हाउसलाई सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नु हुदै आफ्नो एकल प्रयासले मात्र यो संभव नभएको र फेसियल हाउसमा कार्यरत कर्मचारी तथा सुभचिन्तकको साथ र मायाले यहाँ सम्म आउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अथितीहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो ।वार्षिकोत्सवको अवसरमा पुस महिनाभरी भारी छुट समेत दिएको छ । वार्षिकोत्सव समारोहमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु