दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एएसबीसी अन्डर २२ को छनौटमा सुस्मा तामाङ्ग विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १२ गते, मंगलवार ६:५५

काठमाडौं ।यहि जनवरी १६ देखि २८ तारिखसम्म थाईल्याण्डको राजधानी बैङककमा हुन गइरहेको अन्डर २२ पुरुष तथा महिला बक्सिंग प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएका राष्ट्रव्यापी खुल्ला छनौट प्रतियोगितामा महिला ४८ किलो तौल समुहमा आज भएको फाईनल खेलमा जेनेक्सका तेजीमाया गुरुङ्गलाई अंकको आधारमा पराजित गर्दैै सुस्मा तामाङ्गले युनानिमस को आधारमा विजय हासिल गर्दै छनौट चरण पार गरेकी छन् ।
त्यसै गरी आज भएका पुरुष ५७ किलो तौल समुहमा केवाईबीसीका निर्मल सुबेदीले नक्सालका आयुश्मान चटौतलाई एबीडीको आधारमा पराजित गर्दै सेमि फाईनलमा प्रवेश गरेका छन । त्यसै गरी महिला ५७ किलो तौल समुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गरेका छन् ।
त्यसैगरी पुरुष ४८ किलो तौल समुहमा भएको फाईनल खेलमा बक्समाण्डुका लक्ष्मण राई र एचटुओका लाल प्रसाद उप्रेतिबीच भएको खेलमा स्पलिट डिसिजनका आधारमा एचटुओका लाल प्र्रसाद उप्रेति छनौट भएका छन् ।
सदस्य सचिव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यतामा भएको आजको राष्ट्रव्यापी बक्सिङ्ग छनौटमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी तालिम तथा प्रशिक्षण विभागका प्रमुख तथा बक्सिङ्ग मुख्य प्रशिक्षक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।
छनौट चरणका अन्य खेलहरु भोलि दिनका १ः०० बजे सञ्चालन हुनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु