तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हङकङको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १३ गते, बुधबार ७:१३

काठमाडौं, पुस १२ गते ।बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । बागमती प्रदेशले जवाफमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । बागमतीका लागि विन्दा कट्वाल र खुशी डङगोलले सबभन्दा बढी १८–१८ रन बनाए । यसैगरी मेलिसा गुरुङले १७, सलिना सिलवालले १५ र अस्मिता खरेलले १५ रनको योगदान दिए । हङकङकी इमान चाइले दुई तथा कारेन पुमले एक विकेट लिए । घरेलु टिमका पाँच ब्याटर रनआउट भएका थिए ।
यसअघि, हङकङको पालिमा लेमन छुङ्गेले ३१ बलमा छ चौकासहित सर्वाधिक ४० रन बनाएर आउट भइन् । लेमन नै सर्वश्रेष्ठ खेलाडी घोषित भइन् । यसैगरी बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको उपयोगी पाली खेलिन् । प्रारम्भिक ब्याटरद्वय इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गरे । सो पालीमा बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई–दुई तथा अस्मिना कर्माचार्य र खुशीले एक–एक विकेट हात पारे ।
यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृंखलामा हङकङले अग्रता बनाएको छ । दोस्रो खेल बिहिबार हुनेछ । यसअघि बागमतीले ४० ओभरको दुई खेलको २–० ले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु