दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवनिर्वाचित सांसद्हरूलाई अपाङ्गता भएका व्यक्तिहरूको एउटै प्रश्न- अपाङ्गताको प्रतिनिधित्व खोइ ?” –

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार ७:५५

भूमिकला पौडेल-काठमाडौ

नवनिर्वाचित सांसद्हरूलाई अपाङ्गता भएका व्यक्तिहरूको एउटै प्रश्न
नवनिर्वाचित सांसद्हरूलाई अपाङ्गता भएका व्यक्तिहरूले आज एउटै प्रश्न गरे “नवगठित संसदमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व खोइ ?” अर्थात “हाम्रो राजनितिक अधिकार खोइ ?” राजधानी, काठमाडौंमा नेत्रहिन युवा संघ नेपालद्धारा आयोजित एक विशेष समारोहमा अपाङ्गता भएका व्यक्तिहरूको राजनितिक सुनिश्चितता नभइरहेको अवस्थालाई मध्यनजर गर्दै सो सवाल उठाईएको हो । समारोहमा नेपाली कांग्रेस, नेकपाएमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतका २६ जना माननिय सांसद्हरूको उपस्थितीमा आयोजित सो समारोहमा सबै दलहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको राजनितिक सहभागिताका लागि निर्णायक भूमिका खेल्न सुझाव दिइएको थियो भने राजनितिक दलका प्रतिनिधीहरूले संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधीत्वको सुनिश्चितता गरेको भएतापनि केही प्राविधिक समस्याका कारण समेट्न नसकिएको जानकारी दिँदै आगामी दिनमा “वा अथवा, तर जस्ता शब्दहरूका कारण परेको यो समस्यालाई नीतिगत रूपमा नै हटाउन व्यवस्था गरी अनिवार्य रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्ने” प्रतिवद्धता व्यक्त गरेका थिए । समारोहमा विभिन्न राजनितिक दलका भातृ तथा सुवेच्छुक संघसंस्थाका प्रतिनिधीहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । समारोहका सहभागीहरूले देशमा सम्पन्न तिनै तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहभागीता रहेको भएतापनि विद्यमान कानुनी केही प्रावधानहरूका कारण सबै अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा भाग लिन नपाएको अवस्था रहेको औंल्याउँदै सिमित कानुनी प्रावधान अर्थात अपाङ्गतामैत्री कानुनी व्यवस्था नहुँदा अझ सक्रिय रूपमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन नसकेको बताएका थिए भने दृष्टिविहीनहरूको हकमा आफ्नो इच्छाइएको व्यक्तिलाई मतदान सहयोगीको रूपमा राख्न नपाउँदा आफ्नो अधिकारको सदुपयोग गर्न नसकेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु