दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हङकङलाई टी– २० श्रृंखला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार १८:१८

काठमाडौं, पुस १२ गते । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङखलाअन्तर्गत दोस्रो टि२० खेलमा हङकङ क्रिकेट क्लबले बिहिबार आयोजक बागमती प्रदेशलाई ११ रनले हराएको छ । यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृङ्खला हङकङले २–० ले आप्mनो पक्षमा पार्यो । पहिलो टि२० खेल हङकङकले ५७ रनले जितेको थियो । यसअघि बागमतीले ४० ओभरको दुई खेलको शृङ्खलामा भने हङकङको टिमलाई २–० ले हराएको थियो ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । घरेलु टिम बागमतीले जवाफमा छ विकेटको क्षतिमा १०२ रन मात्र बनाउनसक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतकीय पालि खेल्नुभएको थियो । हङकङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिनुभयो ।
यसअघि, हङकङका लागि केरीले सर्वाधिक २६ रन बनाउनुभएको थियो । केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बागमतीकी सोनी पाख्रीनले दुई तथा अस्मिना कर्माचार्य, खुशी डंगोल र विपिसा साहील्े एक–एक विकेट लिनुभयो ।
हङकङकी केरीले प्रतियोगितामा नै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि जित्नुभयो । बागमतकी सोनी ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बन्नुभयो । उहाँ नै प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी चयन हुनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु