दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी गोष्ठी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १५ गते, शुक्रबार ७:०३

१४ पुस २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

राष्ट्रिय बहिरा महासंघ नेपाल, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र बहिरादृष्टिविहिन अभिभावक समाजको संयुक्त आयोजनामा हिजो पुस १३ गते काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि स्चना तथा सञ्चारमा पहुँच विषयमा एक गोष्ठीको आयोजना गरियो ।
सो गोष्ठीमा बौदिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त सूचना तथा सञ्चार सम्बन्धी अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो र यसे क्रममा उहाँले राष्ट्रिय बहिरा महासंघ नेपाल लगायतका यी ४ वटा संस्थाहरुले २२ वटा विभिन्न सरोकारवाला निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सूचना तथा सञ्चारमा पहुँच के कस्तो छ, कार्यलयका भौतिक संरचनाहरु अपाङ्गता मैत्री छन् वा छैनन्, कार्यलयबाट उपलब्ध गराइने सेवा सुविधा अपाङ्गता अनूकुल छ वा छैन भन्ने विषयमा लेखाजोखा अर्थात अडि६ गरेको बताउनु भयो । यसै क्रममा उहाँले लेखाजोखा गर्नुको उदेश्य, सूचना लिएका कार्यलयहरु, सूचना संकलनको जिल्लागत अवस्था, पहुँचयुक्त सूचना तथा सञ्चार सम्बन्धी धारणा, यसै सम्बन्धमा नीति र योजना लगायतका विषयमा जानकारी गराउनु भएको थियो । यी २२ वटा सरोकारवाला निकायहरु मध्ये २ वटा जिल्ला प्रशासन कार्यलय, अदालत, अस्पताल, शिक्षक सेवा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र र मकवानपूरमा एउटा सरोकारवाला निकायको लेखाजोखा गरिएको थियो ।
त्यसे गरी उक्त गोष्ठीमा महिला बालबालिका तथा ज्येषठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले अपाङ्गता भएका व्यक्तिहरुको सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी व्यवस्था, अभ्यास तथा भावी कार्ययोजनाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । सो प्रस्तुतीमा उहाँले सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी महासन्धीमा भएका व्यवस्थाहरु अन्तर्गत धारा ९ र २१ मा भएका विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सूचनामा पहुँच, अपाङ्गता भएका व्यक्तिहरु र सूचना तथा सञ्चार सम्बन्धी संवैधानिक व्यवस्थाहरु, चालु आर्थिक पन्धौ योजनामा गरिएका व्यवस्थाहरु लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
त्यसै गरी सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी ऐनमा भएका व्यवस्थाहरु, अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेष सेवा सुविधा, नियमावली, मस्यौदा, कानून निर्माण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको सूचना तथा सञ्चारमा पहुँच सम्बन्धी गरेका कामहरुको विषयमा पनि प्रष्ट पार्नु भएको थियो ।
सो गोष्ठीमा अटिजम केयर नेपाल सोसाइटीका प्रशासकिय प्रमुख सुरेन्द्र बज्राचार्यले अपाङ्गता भएका व्यक्तिहरुको सूचना तथा सञ्चारमा पहुँच पुर्याउनका लागि अपाङ्गताको वर्ग अनुसार सही सूचनाको पहिचान गर्नु पर्ने, अटिजम, डाउन सिण्ड्रोम लगायतका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको अपाङ्गताको अनूकुलता अनुसार चित्रात्मक रुपमा सीप सिकाउनु पर्ने बताउनु भयो ।
त्यसे गरी बहिरादृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नेरु शेर्पाले जति पनि भएका सूचना तथा सञ्चार सामाग्रीहरु श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि पहुँचयुक्त बनाइनु पर्ने र स्पर्श सञ्चार सामाग्रीहरुको उत्पादन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय बहिरा विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले टेलिभिजनका सामाग्रीहरुलाई साङ्केतिक भाषामा प्रस्तुत गर्दा स्क्रिनको ३३ प्रतिशत भाग दोभाषेका लागि प्रयोग गरिनु पर्ने, बहिरा अपाङ्गता भएका व्यक्तिहरुका अभिभावक र सरोकारवाला निकायका व्यक्तिहरुलाई साङ्केतिक भाषाको तालिम दिनु पर्ने बताउदै पाठ्यपुस्तकहरु साङ्केतिक भाषा भएको चित्रात्मक हुनु पर्ने बताउनु भयो ।
त्यसै गरी परोकार प्रस्तुती तथा स्त्रीरोग अस्पताल थापाथलीका वरिष्ठ हस्पिटल नर्सिङ् निरिक्षक शुकु लामाले अस्पतालहरुमा रहेका स्वास्थ्यकर्मीहरुलाई पनि साङ्केतिक भाषाको तालिम दिनु पर्ने जसले गर्दा बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा सेवा प्रदान गर्न सकिने बताउनु भयो ।
यस कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष के.पी.अधिकारीले राज्यका अधिकांश सूचनाहरु तथा सञ्चारमा अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच पुग्न नसकेको, ती निकायहरु अपाङ्गता मैत्री नभएको गुनासो गर्दे आगामी दिनमा सुचना तथा सञ्चारमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुर्याउन सबै मिलेर वकालत तथा पैरवी गर्दै भएका ऐन कानून तथा नीति नियमहरको पूर्ण कार्यन्वयनका लागि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु