दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाइयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १५ गते, शुक्रबार २०:३८

काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाएका छन् । गुरुङ समुदायहरुले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरी आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाएका हुन् ।

काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् भने देशका अन्य स्थानहरुमा पनि आफ्ना सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रमहरु गरेर तमु ल्होसार मनाएका हुन् । काठमाडौंमा ल्होसार मनाउन काठमाडौं नजिकका विभिन्न जिल्लाहरुबाट समेत गुरुङ समुदाय उपस्थित भएका थिए । सो अवसरमा गुरुङ समुदायका विभिन्न सांस्कृतिक नाचदेखि झाँकीसमेत देखाइएको थियो । ल्होसारको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थिति रहेको थियो ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । आज केन्द्रिय काठमाडौंमा रहेका गुरुङ समुदायले वसन्तपुरदेखि टँुडिखेलसम्म सांस्कृतिक प्रदर्शनी गर्दै तमु ल्होसार मनाएका छन् । आफ्नो समुदायको सांस्कृतिक पहिरनमा सजिएका सो समुदायका मानिसहरूले नाचगान गर्दै काठमाडौंको सडक रंगिन बनाएका थिए । तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु