
काठमाडौ । नेपालका मौलिक र रैथाने खाना पकाउने तरिका समेटिएको कुकु बुक ” द टेस्ट अफ हिमालयन”चाडैं आउने भएको छ।
मौलिक नेपाली खानालाई बिश्वब्यापी चिनाउन लागि परेका रैथाने खानाका अभियन्ता नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत नेपाली खानाहरु बनाउने तरिका सहितको कुकु बुक ” द टेस्ट अफ हिमालयन” आउन लागेको जानकारी दिएका हुन्।
कुकबुकमा लेखक बस्नेतले नेपाली परिकारहरूको स्वाद सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका रैथाने खानालाई तयारी गरी तराईं, पहाड र हिमाली क्षेत्रका परिकारहरु बनाउने तरिकालाई समावेश गरिएको छ।


