
१७ पुष २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
अनुबंशिय असरको कारण रगतमा हुने फ्याक्टरमा विचलन आइ रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने अवस्था नै हिमोफिलिया अपाङ्गता हो । यजसले जर्दा शरीरमा विक्रिति आएर शारीरिक अपाङ्गता पनि हुने हुन्छ । यसलाई नेपाल सरकारले ल्याएको अपाङ्गता अधिकार ऐन २०७४ मा समावेश गरिएका १० प्रकारका अपाङ्गता भित्र समावेश गरेको छ ।
हाम्रो शरीरमा हुने १३ वटा फ्याक्टर मध्ये प्याक्टर ८ लाई प्रदेश सरकारले केही मात्रमा भए पनि उपलब्ध गराएको छ भने फ्याक्टर ९ को कुनै प्लाज्मा वा फ्याक्टर नभएर पीडामा छटपटाउन परेको अभिभावकहरु गुनासो गर्नु हुन्छ ।
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार तथा उनीहरुको हक हित र अधिकार सुनिश्चितताका लागि वकालत तथा पैरवी गर्ने काम हिमोफिलिया सोसाइटी नेपालको हिजो पुष १६ गते राजधानीमा २९ औ बार्षिक साधारण सभा समपन्न गरिएको छ ।
सो कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष डा.विनोदलाल बज्राचार्यले हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा उपलब्ध गराउन सबै एक जुट भएर लागि पर्नु परन् भन्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी मेरुदण्डिय पक्षाघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालले हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यबाट आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने, उनीहरुको सही तथ्याङ्कको खोजी गर्नु पर्ने भन्दै आफ्नो संस्थाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सदस्य बेदराज ढुङ्गानाले हिमोफिलिया अपाङ्गताको विषयमा सम्बन्धित निकायलाई पूर्ण रुपमा बुझाउन नसक्दा दैनिक रुपमा विभिन्न चुनौतीहरुको सामना गर्न परेको बताउनु भयो ।
यसै क्रममा संस्थाका सल्लाकहार उज्जल के.सी.ले हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य अधिकारका लागि हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरु र सबै अभिभावकहरु एक जुट भएर सम्बन्धित निकायको ध्यानकार्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी नेपाल हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणी घिमिरेले राज्यले प्रदेश अनुसार हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालहरुलाई संवोधन गरेको भएता पनि औषधी उपचारको लागि बजेटमा वृदि गरिदिनु हुन आग्रह गर्नु भयो ।
सो बार्षिक साधारण सभामा कार्यक्रमका विशेष अतिथि तथा साझा स्वास्थ्य सेवाका महाप्रवन्धक चुडामणी भण्डारीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतवद्ता व्यक्त गर्दै हिमोफिलया अपाङ्गता भएका व्यक्तिहरुको सर्वसुरलभ स्वास्थ्य उपचारको लागि राज्यले संघिय, केन्द्रिय र स्थानीय तहमा प्रयाप्त मात्रमा बजेट विनियोजन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यस कार्यक्रममा प्राइम लाइफ केयर इन्टरनेशनल प्रा.ली.का मेडिकल प्रतिनिधि दिलिता महर्जनले यस संस्थाको तर्फबाट ९२ हजार यूनिट फ्याक्टर डोज सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभा सदस्य एवं दिगो विकास तथा सुसान समितिका सभासद प्रकाश पन्तले राज्यले हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी राज्यको तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने, हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्यको सवालमा जति सक्दो छिटो स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानकर्षण पत्र बुझाउनु पर्ने र यस विषयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्नु भयो ।
नेपालको जनसंख्या अनुसार नेपालमा ३ हजार जना हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरु रहेको र हाल संस्थामा ८ सय ६ जना मात्र पहिचान भएको र २२ सय जनाको खोजी गर्नु पर्ने नेपाल हिमोफिलिया सोसाइटीले जनाएको छ ।


