तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई बधाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार ६:३६

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाइ दिएका छन् ।
सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गरे ।
थाइल्यान्डको फुकेटमा मंसिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको महिला मोडेल फिजिक्स १ सय ६० सेन्टीमिटरमा स्वेता कपालीले रजत जितेकी थिइन् । स्वेताको स्पर्धामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ८ राष्ट्रका ९ खेलाडी सहभागी पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्यले कांस्य जितेका थिए । दुवै नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु