दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कागतीको सेवन गर्दा पाइन्छ यतिधेरै फाइदा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार ६:४८

काठमाडौँ। कागती भिटामिन ‘सी’ को महत्वपूर्ण स्रोत हो। मेडिकल न्यूज टूडे डटकमका अनुसार एउटा कागतीमा ३० मिलिग्रामसम्म भिटामिन सी हुन्छ।

कागती सदावहार फल पनि हो। यो स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ। गर्मी याममा वयस्क व्यक्तिका लागि दिनमा दुई वटा कागती आवश्यक पर्छ। अन्य समयमा त्योभन्दा कम खाँदा पनि हुन्छ।

फाइदाहरुः

१. कागती पेटको लागि लाभदायक छ। यसले पाचन प्रक्रिया राम्रो बनाउँछ र पेट सफा राख्छ।

२. मोटोपन कम गर्न पनि कागती पानीले सघाउँछ। तातो पानीमा कागती हालेर नियमित सेवन गर्नाले मोटापन कम घट्छ। अर्थात् कागतीले शरीरको तौल नियन्त्रणमा राख्छ।

३. कागती, मह र तातो पानी मिलाएर खाँदा रुघाखोकी ठिक हुन्छ।

४. कागतीले रक्तचाप घटाउन मद्दत गर्छ। यसले मुटु रोगको जोखिम पनि कम गर्छ।

५. कागतीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। यसले पत्थरीको जोखिम पनि कम गर्छ।

६. कागतीको रस कपालमा लगाउँदा चायाँबाट मुक्ति मिल्छ। तोरीको तेलमा कागती मिलाएर लगाउँदा कपाल चम्किलो बन्नुको साथै झर्ने समस्या पनि हट्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु