दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार १७:३८

काठमाडौं, पुस २४ गते ।बसुन्धारास्थित एक्टिभ एकेडेमीले कराते खेलाडी सुमन तिमल्सिनालाई सोमबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
एक्टिभका अध्यक्ष प्रा.डा. गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरे ।
अध्यक्ष न्यौपानेले कराते खेल मार्फत राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसंग जोडिन पाउँदा खुशी लागेको बताउदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न सुमनले विशेष योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सुमनले ब्रान्ड एम्बासडरमा नियुक्त गरेकोमा एक्टिभ परिवारलाई धन्यवाद दिदै एक्टिभलाई खेलकुदमा अझ चलायमान बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सुमनले एक्टिभमा खेलाडीलाई छात्रवृत्ति र विशेष छुटमा अध्ययनका लागि पहल गर्ने बताए ।
सुमनले बंगालदेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण तथा टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ कातामा स्वर्ण जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु