
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधिसभामा मंगलवार भएको मतदानमा प्रधानमन्त्री दाहालले २६८ मत प्राप्त गर्दै विश्वासको मत प्राप्त गर्नु भएको हो । विपक्षमा भने २ मत परेको थियो ।
प्रतिनिधिसभामा २७५ सदस्य छन् । आज दुई सय ७० सांसद उपस्थित थिए । प्रस्तावको विपक्षमा दुई मत पर्यो ।
प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दियो ।
यस्तै, प्रतिनिधिसभामा रहेका स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहले पनि मत दिए ।
राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए ।
प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुले समेत विश्वासको मत दिने भएपछि अब प्रतिनिधिसभामा एक÷एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको दिएनन् । नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको विपक्षमा मतदान गरे ।
बहुमतसहित प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिनु भएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गर्नु भयो ।
प्रतिनिधिसभाका सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।


