दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेशनल प्याब्सको रजत महोत्सव भब्य रूपमा सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २८ गते, बिहीबार १०:३३

काठमाडौं/२७ पुस-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले आफ्नो २५ औं स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ । राष्ट्रिय सभा गृहको हलमा कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न गरियो ।

रजत महोत्सवको अवसरमा नेशनल प्याब्सनले सातै प्रदेशबाट समेटी राष्ट्रिय लोक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको थियो । देशभरीका नेशनल प्याब्सनमा आवद्ध विद्यालयहरूबाट जिल्ला, प्रदेशमा प्रतियोगिताबाट छनोट भई आएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरिएको थियो ।

नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको सभापतित्वमा सम्पन्न राष्ट्रिय सभागृहको कार्यक्रममा नेपाल सरकारका मन्त्री अब्दुल खानको प्रमुख आतिथ्य रहेका थिए। कार्यक्रमका अन्य अतिथिहरूमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह, नेसनल प्याब्सनका संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष टिका प्रसाद उप्रेती, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, संघिय सांसद ठाकुर गैरे, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्मा, हिसानका अध्यक्ष रमेश सिलवाल, प्याब्सन अध्यक्ष डि. के ढुङ्गाना, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी लगायत रहेका थिए। त्यस्तै देशभरका प्रतिनिधि शिक्षक, शिक्षिका, कर्मचारी, विधार्थी तथा संस्थाका शुभचिन्तकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अब्दुस खानले एन प्याब्सनले गुणस्तरीय शिक्षामा योगदान दिएको र सरकारले संस्थागत विद्यालयहरुसँग सहकार्य गरेर आउँदा दिनमा अगाडी बढ्नुपर्ने धारणा राख्दै उच्च शिक्षाका लागि नेपालबाट विदेश अध्ययनमा जाने आम विद्यार्थीहरुलाई रोक्दै विदेशबाट विद्यार्थी आउने वातावरण सृजना गर्न हामी सबै सरोकारवाला लाग्नु पर्ने र यो विषय मन्त्री परीषद्मा समेत छलफल भइरहेको बताए ।

विशिष्ट अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले गरिबका छोरा छोरीले पनि पढ्न पाउने विद्यालयको आवश्यक रहेको बताउँदै पैसा हुनेले निजीमा पढाएपनि गरिबका छोरा छोरी पढ्न निशुल्क र अनिवार्य शिक्षालाई कार्यन्वयन गर्नुपर्नेमा जोड् दिए । साथै सरकारले संस्थागत विद्यालय र सार्वजनिक विद्यालय विच विभेद गरेको बताउँदै यसका लागि विकसित देशहरुले अपनाएको नितीलाई हेर्न सुझाब दिए । होइन भने हाम्रो देशमा अहिले पनि दुई खाले शिक्षा रहिरहने र यसले देशको हित नहुने कुरा बताए ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले शिक्षाको २५ प्रतिशत क्षेत्र निजीले ओगटेको बताउँदै निजी विद्यालय र सार्वजनिक विद्यालय एक अर्काको पूरक रहेको बताए । उनले संविधिानमा तीन खम्बे नीति उल्लेख गरीएकोले निजी र सार्वजनिक विद्यालय एक आपसमा सहकार्य गरेर बढ्नु पर्नेमा कुरा हामी सबै सरोकारवाला लाग्नु पर्ने बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी वा सामुदायिक जुन भएपनि राम्रो गरेको कुरालाई राम्रो भन्नु पर्ने बताउँदै जिवन यापन गर्न सक्ने शिक्षा नै आजको मुख्य आवश्यक रहेकोले बताए । उनले संविधानमा निशुल्क र अनिवार्य शिक्षा भनिएकोले राज्यले त्यतातिर ध्यान दिनुपर्ने कुरामा जोड दिनुको साथै सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा सरकारी कर्मचारीले पनि आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा नपढाई निजी स्कूलमा पढाउने गरेको बताउँदै यो विषयलाई हामी सबैले गम्भीर भएर सोच्नुपर्ने रहेको छ । शिक्षालाई प्राथमिकतामा राखेर ऐन ल्याउनुपर्ने, साथै राज्यले अवसर नदिएकै कारण हरेक महिना ठूलो संख्यामा विद्यार्थी विदेश अध्ययनमा गइरहेको र यसमा नीति निर्माता र अभिभावकको समेत दोष रहेको भनाई राखे ।

हिसानका अध्यक्ष रमेश सिलवालले “शिक्षा राम्रो भए राष्ट्र राम्रो हुने बताउँदै निजी क्षेत्रको लागानी राज्यले संरक्षण गर्नुपर्ने बताए । उनले भने “७.३२ प्रतिशत जिडिपी बढानमा निजी शैक्षिक संस्थाको ठूलो भूमिका रहेकोछ । यसलाई राज्यले बुझ्न आवश्यक छ । त्यसकारण निजी शैक्षिक संस्थालाई संरक्षण गरे मात्रै देशमा शिक्षाको विकाससँगै देशको पनि विकास हुन्छ ।”

विकसित देशहरुमा निजी र सरकारी साझेदारी गरेर जाने गरेको बताउँदै नेपालमा निजी विद्यालयलाई वास्तै नगर्ने र गलत दृष्टिकोणबाट हेर्ने गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाको भनाई थियो । उनले समग्र शिक्षा क्षेत्रको विकाससँगै सार्वजनिक विद्यालयको विकासका लागि सहकार्य गर्न तयार रहेको धारणा राखे । “शिक्षा र स्वास्थ्यको सवालमा कुनै पनि दलले वास्ता नगरेकै कारण आज उच्च शिक्षाका नाममा वार्षिक २ सय अर्ब बढीभन्दा बढि धनराशी बाहिरिएको छ, यसलाई रोक्नुपर्छ” ढुंगानाले भने ।

नेसनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रमा नेशनल प्याब्सनको ठूलो योगदान रहेको बताउँदै निजी क्षेत्रको मुद्दाका सवालमा राज्यको ध्यान जान आवश्यक रहेको बताए । निजी क्षेत्र सामुदायिक विद्यालयको बाधक नभई सहयोगीको रुपमा रहेको र यसका लागि हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको उनको भनाई थियो ।

त्यसैगरी नेशनल प्याब्सन केन्द्रीय समितिका सह अध्यक्ष सुवास न्यौपानेले आज विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको बताउँदै निजी क्षेत्रले गुणस्तरीय शिक्षा दिन सफल भएको भनाई राखे । उनले २१ औं शताब्दिमा शिक्षालाई जिवन, जगत र प्रविधिसँग जोड्न आवश्यक रहेको र यो चुनौतिका रुपमा रहेको बताए । उनले भने “जिवनसँग जोड्ने भनेको जिवन उपयोगि सिप सहितको शिक्षा, संस्कार सहितको शिक्षा हो । त्यस्तै जगतसँग जोड्ने भनेको इकोसिस्टमसँग शिक्षालाई कसरी जोड्न सकिन्छ भन्ने कुरा पनि हो । हाम्रा बालबालिकाले इकोसिस्टमलाई बुझन आवश्यक छ । यसो गर्न सकिएन भने अझै आजकोभन्दा पनि ठूला चुनौतिहरु देखिने छन् । यसमा हामी सबैजना मिलेर काम गर्न आवश्यक रहेको छ ।


कार्यक्रममा नेसनल प्याब्सनले आफ्ना संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्षहरू गीता राणा, टिका प्रसाद उप्रेती, कर्णबहादुर शाही तथा निवर्तमान अध्यक्ष ऋतुराज सापकोटालाई अभिनन्दन गरेको थियो । त्यस्तै केन्द्रीय समितिको विभिन्न कार्यक्रमहरूमा सहयोग पुर्‍याउने जिल्ला समितिहरू क्रमशः बाँके, कपिलवस्तु र तनहुँ जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो ।

नेसनल प्याब्सनको विभिन्न समितिहरूमा रही संस्थालाई अघि बढाउन योगदान गर्ने पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, सप्तरी जिल्ला पूर्व अध्यक्ष इन्जिनियर बौकु शाह तथा रुपन्देही जिल्ला पूर्व अध्यक्ष देउ प्रकाश राईलाई उक्त अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो । बुधवार साँझ नै नेसनल प्याब्सनको स्थापना देखिका विविध गतिविधि समेटिएको डकुमेन्ट्री प्रदर्शन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।

‘निजी लगानीका विद्यालयहरूमा अभिभावक र विद्यार्थीहरूको आकर्षण’ शीर्षकमा भएको प्रतियोगितात्मक वक्तृत्वकलामा लुम्बिनी प्रदेशबाट श्रद्धा बस्नेत प्रथम, प्रदेश १ का सन्देश राई द्वितीय, बागमती प्रदेशकी प्रशंसा कार्कीले तृतीय स्थान हासिल गरे भने अन्य प्रदेशहरूबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरू सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

उक्त प्रतियोगिताको निर्णायकका रूपमा नवराज लम्साल, हरिहर तिमिल्सिना र योगेन्द्र पौडेल रहेका थिए । विजयी प्रतियोगी विद्यार्थीले क्रमशः प्रथमले १५,००० द्वितीयले १०,०००, तृतीयले ७,५०० र सान्त्वनाले ५,०००नगदका साथै ट्रफि, मेडल र प्रमाण पत्र गरेका थिए।

त्यस्तै मिथिला शर्मा, कमल राई र महेश गोदार निर्णायक रहेको नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम, गण्डकी प्रदेश द्वितीय, र बागमती प्रदेशले तृतीय स्थान हासिल गर्दा अन्य प्रदेशहरू सान्त्वना पुरस्कारबाट सम्मानित भएका थिए।

यो विधामा क्रमशः प्रथमले ५१,००० द्वितीयले ३१,०००, तृतीयले २१,००० र सान्त्वनाले ११,००० नगदका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु