दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“एन प्याब्सन क्लस्टर स्याटद्वारा तालिम सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार ५:५३

काठमाडौं – नेशनल प्याब्सनको क्लस्टर स्याट ( SCHOOLS’ ALLIANCE FOR ACADEMIC TRANSFORMATION ) द्वारा आयोजित ५ दिने प्रि-प्राइमरी स्थरिय “स्याट शिक्षक तालिम २०७९” आज समापन भएको छ । पौष २४ गते आइतबारबाट सुरू भएको उक्त ५ दिने तालिम ब्रेन ल्याण्ड एकेडेमी सुकेधारा निलोपुलमा सन्चालन भएको थियो । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष श्री पाण्डव हमालज्यूको प्रमुख आतिथ्यता, ब्रेन ल्याण्ड एकेडेमीका प्रिन्सिपल एवं नेशनल प्याब्सन केन्द्रीय महासचिव श्री पारसमणी दाहालज्यूको सभापतित्वमा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्याटका वरिष्ठ सल्लाहाकार एवं एन प्याब्सन केन्द्रिय सदस्य श्री प्रल्हाद दाहालज्यूको विशेष उपस्तिथि रहेको थियो । साथै स्याटका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचीव, पिक प्वाइन्ट स्कुलका फाइस प्रिन्सिपल महेश केसि लगायत सदस्यहरुको उपस्तिथि रहेको थियो ।

उक्त तालिम कार्यक्रममा स्याट सम्बद्ध विभिन्न विद्यालयका ४० जना प्राथमिक तहका शिक्षिकाहरूको सहभागिता रहेको थियो । उक्त तालिम स्मार्ट माइन्स (SMART MINDS) संस्थाका संस्थापक श्री परशुराम निरौला , तालिम सहजकर्ता कमला गुरूङ र टिका भट्टराईको संयोजनमा तालिम कार्यक्रम सम्पन्न भएको थियो। सहभागी सबैजनालाई प्रमाणपत्र वितरण गरिएको थियो भने उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा स्याटका वरिष्ठ सल्लाहकार प्रल्हाद दाहालले सिकेको कुरा विद्यालयमा लागु गर्न सबै शिक्षिकाहरुलाई अनुरोध गर्नु भयो भने ज्ञान जति बाढ्यो त्यति बढ्ने कुरा बताउनु भयो । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पाण्डव हमालले शिक्षक भनेका विद्यालयका परिवार हुन । विद्यालय कहिल्यै पनि शिक्षक बिना चल्न सक्दैन । त्यसकारण शिक्षक भनेको विद्यालयको मेरुदण्ड नै हो भन्ने कुरा बताउनु भयो ।

कार्यक्रमको अन्तिममा सभापति एवं नेशनल प्याब्सनका केन्द्रिय महासचिव पारसमणि दाहालले सबैलाई धन्यवाद दिँदै यस्ता तालिमले सिकाईमा थप सहयोग पुग्ने बताउँदै यसले आफूलाई पनि सहयोग पुग्ने बताउनु भयो । कार्यक्रम स्याटका सचीव निलममणि भट्टराईले संचालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु