दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सीआईएल काठमाडौंको अध्यक्षमा गुरूङ पुनःनिर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार २१:३२

काठमाडौ । अपाङ्ता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जिवन पदत्ति केन्द्र (CIL~kathmandu ) काठमाण्डौंको अध्यक्षमा टेक बहादुर गुरूङ पुनःनिर्वाचित भएका छन् ।
मंगलबार काठमाडौंमा सम्पन्न ७ औं अधिवेसनबाट दोस्रो कार्यकालका लागि गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्वाचन भएको छ ।

सीआईएल काठमाडौं अपाङ्गता भएका व्यक्तिहरुको अवरोधमुक्त वातावरणमा जीवनयापनका सन्दर्भमा अगुवाई गर्ने नेपालकै एकमात्र नेतृत्वदायी संस्थाको रुपमा कार्यरत छ । यस संस्थाले समाजमा रहेका पूर्ण र अतिअशक्त अपांगता भएका व्यक्तिहरूलाइ प्राथमिकतामा राखी सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापना तथा अपांगतामैत्री वातावरण निर्माण गरी उनीहरूलाइ समाजमा सम्मानित जीवनयापन गराउने उद्देश्यबाट स्वयं अपाङ्गता भएका व्यक्तिहरुबाट स्थापित र सञ्चालित संस्था हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु