तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साधना लघुबित्तको छैठौ बार्षिक साधरणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार १९:१०

गोरखा ।साधना लघुबित्त बित्तीय संस्था लि.को छैठौ बार्षिक साधारण सभा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा होटल गोरखा बिसौनीमा सम्पन्न भएको छ ।

साधारण सभाले गत आर्थिक बर्ष २०७८÷०७९को नाफाबाट १९ प्रतिशत बोनश शेयर तथा २०७८÷०७९को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु ३२,१२,२५,५००÷– कर प्रयोजनका लागी १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै आर्थिक बर्ष २०७९÷०८० को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक श्री एस.डि एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने÷गाभिने तथा प्राप्ती÷सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न,सहमति पत्रमा हस्ताक्षर गर्न,सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन,सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता,मूल्याकङ्गनकर्ता,लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी बिशेष प्रस्ताव पारित गरेको छ ।

बार्षिक साधारण सभालाई सम्वोधन गर्न हुदै वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले कथित संघर्ष समितिको आन्दोलनले कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिने साथै कार्यक्रमको गुणस्तर बृद्धि गरी ग्राहक सदस्यहरुलाई उत्कृट बित्तीय सेवा प्रदान गर्न, लागी प्रतिबद्ध रहेको बताउनुभयो । हाल बित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयहरु मार्फत १००,०००÷– भन्दा धेरै घर परिवारलाई प्रत्यक्ष बित्तिय सेवा प्रबाह गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु