तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आमा बुवालाई हेरबिचार गर्न हास्य कलाकार श्रेष्ठको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार १९:२७

काठमाडौं ।आमा बुवा सबै भन्दा ठुला देवताभएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गर्नु भएको छ । श्रेष्ठले आमा बुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुन्य प्राप्त हुने बताउदै युवा पुस्तालाई व्यक्तिवादि स्वार्थबाट माथि उठ्न आग्रह गर्नु भयो । ललितपुरको लामाटार क्षेत्रमा आज जेष्ठ नागरिकलाई कम्वल वितरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय जेष्ठ नागरिकहरु अपहेलित हुनु परेको बताउनु भयो । लामाटार कृषि वहुउद्देशीय सहकारी संस्थाले आज लामाटारको राममन्दीर परिसरमा श्रेष्ठको प्रमुख अतिथ्यमा बिषेश कार्यक्रमको आयोजना गरेर २ सय भन्दा बढि जेष्ठ नागरिकलाई जाडोमा न्यानो हुने कम्वल वितरण गरेको हो । संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राम मन्दिर परिसरमा न्यानो हुने कम्वल प्रदान गरि जेष्ठ नागरिकको सम्मान गरेर आफुहरुले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्र प्रतिनै भैरहेको अविस्वासको अन्त्य गर्न खोजेको बताउनु भयो । संस्थाका संचालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हक हितका लागि काम गर्दै आएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु