तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

योग र ध्यान विज्ञान हो, नेपालको गौरव हो : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १ गते, आईतवार १०:४२

काठमाडौं, १ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताउनुभएको छ। आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशिला मानिन्छ । नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ। हाम्रा सांस्कृतिक धरोहरमा पनि योगमा आधारित विशेषता पाइन्छन्। नेपालमा योग र ध्यानको परम्परा धेरै पूरानो छ। योग र ध्यान विज्ञानमा आधारित छ। त्यसबाट पनि यसको महत्व थप प्रष्ट हुन्छ।’’

‘‘पूर्वीय सभ्यताको रुपमा रहेको योगलाई जीवनविज्ञान र जीवन शैलीको रुपमा निरन्तरता दिन प्रत्येक वर्षको मकर संक्रान्तिलाई नेपालको राष्ट्रिय योग दिवसको रुपमा मनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७२।०४।२८ मा निणर्य भएअनुसार प्रत्येक वर्ष हामीले यो दिवस विभिन्न नाराहरूका साथ मनाउँदै आएका छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो। ‘‘संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन शुरु गरिएकाले हामी नेपालमा जुन २१ लाई संयुक्त राष्ट्रसंघको सदस्यको रूपमा अन्तराष्ट्रिय नारामा रहेर अन्तर्राष्ट्रिय योग दिवसको रूपमा पनि मनाउँदै आइरहेका छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ।’’

‘‘योगदर्शन पूर्वीय समाजले संसारलाई दिएको सबैभन्दा सुन्दर र अलौकिक उपहार हो। नेपाल योगको भूमि हो र यो योग धरोहर हो। नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘तनावमुक्त शान्त मन, रोग मुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूणर् भूमिका रहन्छ। मैले संसारका विकसित भनिएका मुलूकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु। त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान अति आवश्यक छ।’’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु