तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १ गते, आईतवार १९:५०

— राजाराम दास
१ माघ, काठमाण्डौ । हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ । विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री श्री राजेन्द्र सिंह पंकजको विशेष पहलमा सम्पन्न उक्त शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ता, जानकी मन्दिरका महन्थ श्री राम तपेश्वर दास बैष्णव, गण्डकी प्रदेश प्रमुख पृथ्वी गुरूङ्ग, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, नेपाली काँग्रेसका बरिष्ट नेता विमलेन्द्र निधि सहितको उपस्थिति रहेको थियो ।
कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुई थान शिलाको पहिचान गरिएको थियो । विश्व हिन्दू परिषद् नेपालका महासचिव श्री जितेन्द्र कुमार सिंहले उक्त शालिग्राम बेनीबाट पोखरा, हेटौँडा हुदै जनकपुरधाम स्थिति जानकी मन्दिरलाई हस्तान्तरण गरिने र त्यहाँबाट अयोध्या लगिने बताउनुभयो ।
जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । ‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन शिला लैजाने यस कार्यले अयोध्या, जनकपुर र मुक्तिनाथबीच पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुनेछ ।’ महासचिव सिंहले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु