दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माघ ७ गते नेपाल डेरी एसोसिएसनको स्थापना दिवस”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार ११:४१

काठमाडौं । नेपाल डेरी एसोसिएसनले माघ ७ गते स्थापना दिवस मनाउन तीब्र तयारीमा जुटेको छ ।

एसोसिएसनको केन्द्रीय समितिले आ-आफ्नो ठाउँमा आफ्नो तरिकाले स्थापना दिवस मनाउन सदस्यहरूलाई निर्देशन दिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

केन्द्रीय समितिले जारी गरेको निर्देशनमा भनिएको छ,“ हरेक वर्ष यस संस्थाको स्थापना दिवस माघ ७ गते मनाउँदै आईरहेको जानकारी गर्दै विगतका दिनहरुमा झैं यस वर्ष पनि केन्द्रीय पदाधिकारी ज्यूहरु, केन्द्रीय सदस्यज्यूहरू, प्रदेश पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू एवं सम्पूर्ण डेरी उद्योगी सदस्य महानुभावहरूले आ–आफ्नो ठाउँमा आ–आफ्नो तरिकाले अनिवार्य रुपले “दुग्ध क्षेत्रको उन्नति हामी सबैको समुन्नति” भन्ने नाराका साथ २४औं स्थापना दिवस मनाउन केन्द्रिय कार्यालय निर्देशन गर्दछ ।”

आश्रम, स्कुल, अस्पताल आदि स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण, सरोकारवालाहरुको उपस्तिथिमा कार्यक्रम, कार्यालयमा उपस्थित भइ केक काट्ने, बत्ति बाल्ने, रक्तदान गर्ने, सरसफाइ गर्ने, स्कुलमा कविता, बक्तृत्व कला प्रतियोगिता गर्ने, वा अन्य केहि सामाजिक कार्य गरि मनाउन सकिने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु